-राजन विश्वकर्मा अमेरिकामा सम्मानित

राजन विश्वकर्मा अमेरिकामा सम्मानित

Hollywood Khabar August 11,2019 Comments

अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा कार्यरत ९ वटा नेपाली संघ संस्थाहरुले एक समारोहका वीच सामाजिक अभियन्ता राजन विश्वकर्मालाई सम्मानित गरेका छन।

आफ्नो केही दोष नभए पनि द्वन्दको चपेटामा परि आमा बाबुको सुरक्षा र माया बाट वन्चित वालवालिकाहरुलाई धेरै बर्ष देखी पालन पोषण र शिक्षा दिक्षा-दिँदै आउनु भएको राजन बिश्वकर्माले सामाजिक न्यायको क्षेत्रमा ठुलो योगदान गरेको ठहर गर्दै उहाँलाई नगद सहीत च्याम्पियन अफ सोसियल जस्टिस अवार्डद्वारा सम्मानित गरिएको हो।

सो कार्यक्रममा द्वन्द पीडित र अनाथ वाल वालिकाहरुलाई राजनले कसरी सहयोग गरेका छन्, उनको जीवन संघर्ष र योगदानवारे बनाईएको डकुमेन्टरी समेत प्रदर्शन गरिएको थियो।

सो कार्यक्रमको सभापतित्व आयोजक संस्थाहरु मध्य एक नेपाली जनसंपर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी कार्यवाहक सभापति लक्ष्मी केसी कार्कीले गरेकी गरेकी थिइन। कार्यक्रममा नेपाली जनसंपर्क समिती अमेरिकाका केन्द्रिय वरिष्ठ उपाध्यक्ष धनन्जय नरसिंह केसी, डा आमोद पोखरेल, बिध्या सागर योन्जन, डिकेन्द्र मास्के, निर्मल फुँयाल, यान राई, यज्ञलाल श्रेष्ठ, श्याम ढुंगाना, सोनिया दाहाल केसी लगायतको उपस्थिति थियो।

कार्यक्रममा जनजाती महासंघ र रोशन सुवेदी तथा सो कार्यक्रमको तर्फबाट गरी कूल २२०० अमेरिकी डलर राजनको सत्प्रयासको कदर स्वरुप प्रदान गरिएको बताइएको छ।