ननिमोठियोस मेरो चाहना--राजन अधिकारी

Hollywood Khabar December 26,2017 Comments

ननिमोठियोस मेरो चाहना-राजन अधिकारी, क्यालिफोर्निया
ननिमोठियोस मेरो चाहाना धेरै पटक निमोठीदै र टुसा पलाउदै आएको यो चाहना !
पत्याउनै नसक्दा पनि ल्यप्चे ठोकेका छौ सुन्नु नपरेस अब धेरै तिम्रा बहाना !

उहिल्यै सानामा गुच्चा खेल्दा त्सलाई मट्यांग्रो बनाई गुलेलिमा तन्काउन सिकायौ !
अन्याय र अत्यचारको मुहान राजसंस्था हो भन्दै आफ्ना आदर्श जनतासामु बिकायौ !

कयौको त्याग, बलिदान र पिडालाई पिउदै मुलुकलाई  गणतान्त्रिक महासागरमा त मिसायौ !
जनताको संमृद्दि र बिकाशको चाहनालाई भने आझैपनि दोधारको चौतारिमै बिसायौ !

अब त तिमी नाताबाद, कृपाबाद र भ्रष्टाचारको दुंगदुंगी गन्हाउने खाडलबाट बाहिर आऊ !
पद लोलुप्ता र बडोप्पनको पट्यारलाग्दो खेल छाडी आफूलाई साधक राजनेता बनाऊ !

हिजो तिमीले बिकृती र बिसंगती हेर्दा धमिलो देख्ने चस्मा अब सफा गरेर आऊ !
जीबनको उत्तरार्धमा छौ तिमी अब त निस्वर्थ भावले देश र जनताको सेवा गरि जाऊ !

ननिमोठियोस मेरो चाहाना धेरै पटक निमोठीदै र टुसा पलाउदै आएको यो चाहना !
पत्याउनै नसक्दा पनि ल्यप्चे ठोकेका छौ सुन्नु नपरेस अब धेरै तिम्रा बहाना !