Rajan Adhikari

भो नबिटुल्याउ डा. के सी लाई

Hollywood Khabar January 09,2018 Comments

राजन अधिकारी/लस एन्जलस/क्यालिफोर्निया
अचानक राती चोरआयो चोरआयोको आवाजले निन्द्रा भंग हुन्थ्यो छिमेकमा ठूलै बिपत परेछ कि क्याहो भनेर रातको अर्धनंग्न र अर्धनिन्द्राकै अबस्थामा हातमा टर्च र लाठो लिएर आबाज आएतिरै दौडिन्थ्यौ र आफूपनि चोरचोर भन्दै भिडको पछिपछि लाग्थ्यौ तर चोर कहिल्यै पक्रन सकिन्थेन यो क्रम धेरै पटक दोहोरियो २०६२ साल तिर तत्कालिन नागर्जुगं नगर पालिका राधाकृष्ण मन्दिर वरपर । धेरै पछि थाहा पाईयो कि चोरहरू पनि हामीसंगै चोरचोर भन्दै हिडिरहेका हुंदारहेछन, नयॉं बस्ति र भर्खर भर्खर मात्र बिभिन्न जिल्लाबाट माईग्रेट भएर आएका मानिसहरू धेरै भएकाले एक आपसमा राम्रो चिनजान समेत थिएन र सोही अबस्थालाई चोरहरूले आफ्नो दुनो सोझ्याउन सदुपयोग गरेका रहेछन !
डा. गोबिन्द केसी नेपालीहरूका बिच त्यागी, समाजसेबी मात्र होईन भ्रष्टाचार र अनिमियाताका बिरूद्द आफूलाई आहुति दिन तत्पर एक अटल र साधक ब्यक्तित्व हो त्यसैले उनि सामान्य मान्छे भन्दा धेरै उत्कृष्ट छन! पारिवारिक मोह , ब्यक्तिगत सम्पत्ति आर्जन र भोगविलासिताको जीबन मात्र त्यागेका छैनन उनले ३ करोड़ सामान्य र गरिब नेपालीहरूको शिक्ष स्वास्थ्यमा समान पहुंचको लागी बाधक र खलनायक  बनेका भ्रष्ट र कमिसनखोरहरूको मुख्य दुस्मनको रूपमा समेत आंफूलाई सतिसाल जस्तै अटल बनाएर ठड्याएका छन ! सिटामोल देखि एम बि बि यस डिग्रीका मोलमोलाईका हिसाब खोजिरहेका छन उनी त्यसैलेत उनी भगवान नभए पनि मानिसहरू भन्दा माथी छन !
डा. केसी हिजो देखि आजसम्म धेरै नेता र प्रशासनलबाट प्रताडित भएको ब्याक्तित्व हो, उनको जायज मागलाई तुहाउन थुप्रै जालझ्याल बुनेका छन सरकार र प्रशासनले हुंदाहुदै अबत भ्रष्टाचारको बिरूद्दमा कुरा गर्दा रातारात गिरफ्तार समेत हुन पर्यो डा केसीलाई । उनका समर्थनमा अहिले मानबसागर नै उर्लिएको अबस्थामा छ तर अब सबैले बुझ्नुपर्यो कतै त्यो मानबसागरलाई झुक्याउन र भ्रममा पर्न डा केसीलाई नै प्रताडित गर्ने ब्याक्तिहरू पनि हो हो गर्दै भाषण ठोकिरहेका त छैनन जसरी हामी चोरसंगै हातेमालो गर्दै चोर समात्न भनेर हिडिरहेका थिंयौ !
रबि लामिछाने बोलोस्, महाबिर पुन बोलोस् , धुर्मुस सुन्तली बोलुन जो जस्ले डा. केसीले जस्तै सॉंचो अर्थमा समाजसेवा गरेर देखाई रहेकाछन, तर ब्याबसायीक समाजसेवा गर्ने र भोटकोलागी भषण ठोक्नेहरूले डा. केसीको समर्थनमा बोल्दैमा सारा नेपालीहरू झुक्किनु हुदैन कि तिनीहरूले पैसा कमाउन र बिलासिताको जीवन जीउन भ्रष्टाचार गरेका थिए, गुण्डा पालेका थिए, अफिसर, न्यायधीश, राजदूत आदि आदि हुन र बनाउन पैसाको कारोबार गरेका थिए भने तिनीहरूलाई फेरीपनि मान्छेकै रोहबरमा राखी उनीहरूको नक्कली समर्थनलाई ताली ठोक्दै अनुमोदन गर्ने हो भने डा. केसीलाई अन्याय हुन जानेछ र उनको पबित्र सेवा बिटुलो हुन पुग्छ अतयब भो डा.केसी लाई बिटुलो नबनाउ !!