-NRNA NCC USA: कनेक्टिकटका राज कुमार श्रेष्ठ बोर्ड सदस्यका उम्मेद्वार

NRNA NCC USA: कनेक्टिकटका राज कुमार श्रेष्ठ बोर्ड सदस्यका उम्मेद्वार हुने

Hollywood Khabar April 07,2019 Comments

कृष्ण के सी/अमेरिका/४/८/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचनको कनेक्टिकटका राजकुमार श्रेष्ठ बोर्ड सदस्यको लागि उम्मेदवार हुने भएका छन्।

चितवन जिल्लाको नारायणघाटमा जन्मेहुर्केका राज कुमार श्रेष्ठ २००६ मा अमेरिका आएको बताउँछन्। बिधार्थी हुँदा ३० वर्ष जति पहिला राजनीति पनि गर्थे भन्छन श्रेष्ठ। २०१४ मा पहिलो पटक एनसीसी अमेरिकाको सदस्यता लिएका श्रेष्ठले एनसीसीका कमिटीहरुमा समेत रहँदै गतिबिधिहरुमा पनि उत्तिकै सक्रिय रहेका छन्।

श्रेष्ठले बिभिन्न प्रकृतीका राष्ट्रिय, अन्तर्राष्ट्रिय एवम् स्थानीय संघ सँस्थाहरुमा नेपाल र अमेरिकामा गरि तीन दशक भन्दा बढी बिभिन्न पदीय जिम्मेवारीमा रहि नेतृत्व प्रदान गरेको बताएका छन्। एमबिए सम्मको अध्ययन पूरा गरेको बताउने श्रेष्ठले संस्थालाई बृहत्तर गराउनको लागि विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका छन।