-NRNA: एनआरएनए आइसीसीको उपाध्यक्षमा रबिना थापा उम्मेद्वार हुने

NRNA: एनआरएनए आइसीसीको उपाध्यक्षमा रबिना थापा उम्मेद्वार हुने

Hollywood Khabar August 18,2019 Comments

कृष्ण के सी/अमेरिका/८/१९/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालको लागि रबिना थापा खुल्लातर्फको उपाध्यक्षमा उम्मेद्वार हुने भएकी छन्।

हलिउडखबरसँगको कुरानाकीमा रबिना थापाले अघिल्लो पटक २ दिनको तयारीमा उपाध्यक्षको उम्मेद्वार हुँदा नै पनि धेरै मत पाएको स्मरण गर्दै यो पटक भने समयमै जानकारी दिएर धेरै नेटवर्क गर्दै गरेकोले खुल्ला तर्फको उपाध्यक्षमा उम्मेद्वारी दिने मात्र होइन जित्ने पनि आधार भएको कुरा बताइन।

रबिना थापा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०१५-२०१७ कार्यकालको निर्वाचित उपाध्यक्ष हुन्। एनआरएनए आइसीसी सचिव जानकी गुरुङ संयोजक रहेको One NCC One Charity कमिटीकि उपसंयोजक पनि हुन्। यस बाहेक अरु थुप्रै संघ-संस्थाहरुमा समेत संलग्न छन् थापा।

महिला उपाध्यक्ष र महिला संयोजक जस्तो पदमा चाहिं किन इच्छा नगरेको भन्ने प्रश्नमा लामो जवाफी दिइन थापाले। आफू जन्मँदै राजनैतिक परिवार त्यसमा पनि नेपाली काँग्रेसको राजनीति पृष्ठभूमीबाट आएको। बिबाह पछि पनि सोहि प्रकृतिको घरमा हुर्केकीले आरक्षण भन्ने कुरा भन्दा प्रतिस्पर्धा बढी मन पर्ने कुरा उनले बताइन। मलाइ आरक्षण भन्ने शब्द नै तेत्ति धेरै मन पर्दैन। फेरि म कुनै पनि कारणले अरु भन्दा कम्जोर या प्रतिस्पर्धामा जान नसक्ने आरक्षित कोटाको सुविधा लिनु पृष्ठभूमिको व्यक्ति पनि होइन भन्ठान्छु।

उसै पनि एनआरएनमा महिला नेतृत्वको अभाव छ। संघको १६ बर्षे इतिहासमा जमुना गुरुङ नै पहिलो पटक अध्यक्षमा उम्मेद्वार हुन सकेको इतिहासले महिला नेतृत्व बिकासलाइ थप चुनौती दिएको छ। त्यसमा पनि महिला महिला भिडेर एउटा जित्ने अर्को हर्ने गर्दा महिलाहरुको सहभागिता झन् हराउँदै जान्छ। महिला उपाध्यक्ष तर्फ पक्कै पनि महिला नै आउने हो। आफू खुल्ला तर्फ जितेपछि कम्तिमा पनि दुइजना उपाध्यक्ष महिला हुन्छन। यसबाट पाँच जना उपाध्यक्षमा कम्तिमा पनि दुइजना त महिला हुन्छन। त्यसैले पनि आफू खुल्लातर्फ उम्मेद्वार हुने कुरा थापाले बताइन।

हाल सम्म अध्यक्षका लागि आकांक्षी हुनुभएका कुमार पन्त र कुल आचार्य दुबैजनासँग राम्रो कुराकानी भएको छ। दुबैले मिलाएर सहकार्य गर्न इच्छा व्यक्त गर्नुभएको छ। मैले मिलेर गएको र मिलाएर लगेको स्थितिमा मिलेर जाने, सपोर्ट गर्ने अन्यथा आफू खुल्ला तर्फ स्वतन्त्र रुपमा उम्मेद्वार हुने कुरा गरेको जानकारी थापाले दिइन।

पहिलो कुरा त एनआरएन जस्तो सँस्थामा हरेक उम्मेद्वारका आफ्नै एजेण्डा हुँदैनन्। अन्य उम्मेद्वारहरुले बिजयी भएका अध्यक्षको एजेण्डा अनुरुप गरिएका योजनामा सकृय रुपमा योगदान दिने हो। आफ्नो कार्यकालमा कम्तिमा एउटा प्रोजेक्ट सुरु र सम्पन्न गर्ने आफ्नो योजना रहेको कुरा थापाले बताइन। तेश्रो कुरा संघमा केहि मात्रामा मात्र एनआरएनका बिषयले प्रवेश पाएका छन्। आफू बिजयी भएमा एनआरएनका प्रमुख बिषयहरुलाइ कार्यान्वयन गर्न आफूले मुख्य भूमिका खेल्ने कुरा थापाको रहेको छ।

अमेरिकाज, मिडल इष्ट, युरोप, एशिया र ओसनियामा राम्रो नेटवर्क र मतदाता रहेको थापाको दावी छ। अफ्रिकामा सम्पर्क बढाउँदै गरेकोले आफू जित्ने कुरा थापाको दावी छ।

आफू म्याग्दीकी चेली भएकीले म्याग्दी समाज (मोना), कास्कीकी बुहारी भएकीले कस्केली समाजको ठूलो सपोर्ट आफूलाई रहेको उनको दावी छ। त्यसबाहेक, राजनैतिक घर नेपाली काँग्रेस हो। नेपाली काँग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति विदेशमा स्थापना गर्न आफ्नो श्रीमान नारायाण थापा र आफूले पहल गरेकै हो। जापान र अमेरिकामा जनसम्पर्क समिति स्थापन गर्न योगदान गरेको कारणले पनि नेपाली जनसम्पर्क समितिका सपोर्टरहरुको नेटवर्क आफूसंग रामो भएको दावी थापाको छ।

एनआरएनएका थुप्रै एनसीसी पधाधिकारी र नेतृत्वमा आफन्त र साथीहरु छन्। त्यसैगरी वर्तमान आकाक्षीहरुमध्ये धेरैजनासंग तालमेल र नेटवर्क पनि गर्दैछु। संघका पूर्वज र वर्तमान नेतृत्वका सबैजसोले विगतको मेरो योगदान र क्षमताको मूल्याङकन गर्नु भएको छ, नजिकबाट हेर्नुभएको छ। यी लगायत अरु थुप्रै कारणले गर्दा आफू बलियो उम्मेद्वार रहेको जिकिर रबिना थापाको रहेको छ।