रबिना थापाको उपाध्यक्ष खुल्ला तर्फ उम्मेदवारीले माहोल बदलियो

Hollywood Khabar October 13,2017 Comments

कृष्ण के सी/काठमाण्डौ
गैर आवासीय नेपाली संघको ८ औं विश्व सम्मेलन तथा अन्तराष्ट्रिय अधिवेशन काठमाण्डौमा अक्टोवर १४-१७, २०१७ मा हुँदैछ। सबैजना त्यसैमा ब्यस्त हुनुहुन्छ। उम्मेदवारी दिने र मत माग्नेक्रमले तिब्रता पाएको छ। हायात होटला सबै जसो टेबल नेपालीहरुले भरिएका छन।
यसै क्रममा एनसीसी अमेरिकाको गत निर्वाचनका २५०० भन्दा धेरै फेक सदस्य डा केशब पौडेलबाट हराइएकि रबिना थापा अब ग्लोबलमा पुग्न भएको छ। किन उम्मेदवार हुनुभयो भन्ने प्रश्नमा थापाले भन्नुभयो मेरो उपस्थिति यूके, हंगकंग, कतार, मलेसिया, अमेरिका, क्यानाडा, कोरिया, बेल्जियम, जापान लगायात देखको संयुक्त अनुरोधलाइ स्वीकारेर नै म अगाडि आएकी हुँ।
अमेरिकाबाट नै सोनाम लामा र खगेन्द्र जिसी मैदानमा भएको अवस्थामा किन तपाइँ आउनुभयो?
सोनाम लामाले अमेरिकालाई बिलाएर लैजान सक्नुभएन, डा पौडेललाइ झन् साथ् दिएर फेकलाइ कानुनमा बदल्न साथ् दिंदै हुनुहुन्छ, कहिले भवन त कहिले घले भन्नुहुन्छ, तत्काल एक्लै हुनुहुन्छ, उहाँको बजार खस्केको छ। जिसी दाइ मेरो आदरणीय दाइ हो तर जनसम्पर्क र एनसीसी अमेरिकाको अन्तिम समयमा आएर देखाउनु भएको गल्तीले गर्दा उहाँको अवस्थाले अग्रता लिंदैन होइन लिएको छैन।
सबैले संस्था मिलाएर लागेको भए, राम्रो काम गरेको भए म आज मैदानमा आउने कुरा नै थिएन र सोचेको पनि थिएन। अब मेरो समर्थनमा देशको साथ छ, समर्थन छ भने म किन खुल्ला तर्फ उम्मेदवार नहुने भन्ने कुरा पनि हो।
किन हो त तपाइको उम्मेदवारी ?
NRNA ICC को उपाध्यक्षमा मेरो उम्मेदवारी किन ?
१. सबै प्रबासमा बसोबास गर्ने नेपाली र नेपाली मुलका समुदाय बिच बलियो एकताको भावनाको बिकाश गर्न
२. प्रबासमा नेपाली र नेपाली मुलका समुदाय बलिय भएर कर्म र जन्मभूमि दुबैलाई फाईदा हुन्छ भन्ने धारणाको विकाश गर्न! यसको लागि प्रत्येक एनसीसीहरुले स्थानीय स्तरमा (क) सामाजिक र सांस्कृतिक, (ख) आर्थिक र (ग) कर्मभूमिको सरकारी एबम गैरसरकारी क्षेत्रमा नेपाली र नेपाली मुलका समुदायको सकारात्मक समावेसिता, योगदान र प्रभाब बडाउने तर्फ ध्यानदिई परिणाममुखी बनाउन! जसले गर्दा स्थानीय समाज बलियो हुनगई समग्र समुदाय बलियो हुन्छ ।
३. गैर आवासीय नेपाली संघ र यसका रास्ट्रिय शाखाहरु कुनै समूह उपसमुह, र दलगत गुटबन्दिको सिकार हुन बाट बचाई स्वस्छ, उदेश्यपूर्ण र सबैको साझा सामाजिक संस्था बनाउन ।
४. आजसम्म ५ देखि १०% प्रतिसदको घेरा र यसमा सहभागी हुन धनिनै हुनु पर्छ भन्ने धारणा हटाएर वा यसमा मात्र सिमित नभएर यो संस्था बाँकी ९०% प्रतिशतको पनि एक गौरबसाली संस्थापकों रूपमा बिकास गर्न ।
५. सानो ठुलो जस्तो भए पनि मातृभूमिको बिकाशमा जुनसुकै रुपमा पनि सहयोगी बन्ने र योगदान गर्न चाहने सबैको लागि नेपाल सरकारको तर्फबाट सजिलो र सहयोगी तरिका अपनाइयोस भनि ताकेता गर्न ।
६. खास गरेर खाडी र दक्षिण पुर्बी एसिया क्षेत्रमा काम गर्न जाने नेपालीहरूलाई उचित तालीम दिलाउने र हरेक दिन पिल्सिएर मातृभूमिमा फर्किदा सुन्दर भविष्यको कल्पना गरि जटिल र कठिन कामगर्ने नेपालीहरुको लागि नेपालमा गैर आवासीय नेपालि संघ र नेपाल सरकार संगको सहकार्यमा उनिहरुको आर्थीक सुरक्षा निश्चित गर्न ।
७. विश्वका बिभिन्न देशमा अध्ययनको लागि गएका नेपाली र नेपाली मुलका बिध्यार्थीहरुको सहयोगार्थ रास्ट्रीय समन्वय परिषदहरुले ठोस नीति तथा कार्यक्रम बनाउनको निम्ति सहज बनाउनको निम्ति ।
८. प्रत्येक रास्ट्रीय समन्वय परिषदहरुले भैपरी आएको बेला उदार वा सहयोग गर्न आपद्कालिन कोषको अनिबार्य ब्यबस्था गराउनका निम्ति पहल गराउन ।
९. नेपाल सरकारको सहकार्यमा विश्वमा छरिएर रहेका सबै नेपाली र नेपालीमुलका प्रवासीहरुको ठोस आंकडा राख्ने ब्यबस्था गराई र कहाँ कहाँ कस्ता जनशक्ति (Knowledge Bank) छन् त्यसको एकिन गराउन र सदुपयोग गराउन !
१०. नेपालको बर्तमान संबिधानमा गैरआवासीय नेपालीहरु सम्बन्धि भएका प्रावधान अनुसार उनीहरुका हक र हितहरुलाई सुरक्षित हुने गरि कानुन बनाइ कार्यान्यवन गराउन।