NRNA NCC USA VP, Rabina Thapa

रविना थापा NRNA अमेरिकाको अध्यक्ष उठ्ने पक्का

Hollywood Khabar January 28,2017 Comments

हालै डिसिमेट्रो एरियामा अमेरिका नेपाल सोसाइटी स्थापनाको ५० औं बर्षको उपलक्षमा आयोजित एक कार्यक्रममा सल्लाहकारको हैसियतले बक्ताको रुमपाम बोल्दै गर्दा NRNA NCC USA कि बर्तमान उपाध्यक्ष रहनुभएकी रविना थापाले आफु अध्यक्षको प्रत्यासी रहेको कुरा खुलासा गर्नु भएको हो। यसका साथै प्रत्रकार बिजय थापासंगको कुराकानीमा पनि उपाध्यक्ष थापाले आफु अध्यक्षको नै प्रत्यासी भएको कुरा दोहोर्याउनु भएको छ।

उपाध्यक्ष थापालाइ उम्मेद्धारीबारे पुष्टि गर्न http://hollywoodkhabar.com को तर्फबाट राखिएको जिज्ञासामा उहाँले सो कुरा सत्य रहेको बतानुभयो। उहाँले भन्नु भयो, म रविना थापा एनआरएन एनसिसी अमेरिकाको उपाध्यक्ष छु। पदिय मर्यादा मात्र होइन संस्था र संस्थाको कामको प्राथमिकता समेत बुझ्दछु। कुन समयमा के काम गर्ने र कुन समयमा के काम नगर्ने भन्ने कुरा बिश्लेशषण गर्ने क्षमता म अफूमा छ। उसो त सल्लाह र सुझाब अबश्यक्ता अनुसार लिनुपर्छ र लिन पछि परेकी पनि छैन। मेरा अग्रज र विभिन्न क्षेत्रका जानिफकारहरुको साथ, सहयोग र समर्थन बिगत देखी नै छ र अझै त्यो संख्या बढाउँदैछु।  
तपाईं त ICC महिला संयोजकमा प्रत्यासी हुनेभन्ने कुरा के हो भन्ने पशनमा उहाँ भन्नुहुन्छ- हालै केही साथी र शुभचिन्तकहरुले मेरो एनआरएन प्रतिको लगान र सफलता प्रति सम्मान गर्दै अब एनआरएनए आइसिसीमा जानुपर्छ भनेर कतै फोनबार्तामा निर्णय  गर्नुभयो रे भन्दै धेरैजनाले सोधिरहनु भएको छ। सर्वप्रथम त तेस्तो कुरा भएको म आफुलाई थाहा छैन। यदी कतै मेरो अनुपस्थितिमा मेरो कुरा भएको रहेछ भने मेरो उच्च मुल्याँङ्कन गरिदिनुभएकोमा उहाँहरु प्रति पुन: एकपटक आभार प्रकट गर्दछु। दोश्रो कुरा म आफु तेस्तो टेलिफोन कन्फरेन्स बैठकमा उपस्थित भएकी पनि छैन र आफु नभएको ठाउँमा कसले के कुरा गर्छ तेतातिरा मेरो ध्यान जाँदैन। तर पनि तपाईं जस्तै अरु धेरैजनाले जिज्ञासा राख्नु भएकोले तपाइहरु समक्ष पुन दोहोर्यएर भन्छु म NRNA अमेरिकाको अध्यक्षमा नै उठ्ने पक्का हो।

मैले अनौपचरिक रुपमा आफू एनआरएन एनसिसी अमेरिकाको अध्यक्ष पदमा आकांक्षी रहेको कुरा जानकारी गराइसकेकी छु। हाल आफू उपाध्यक्ष समेत रहेकोले सँस्थाको नियमित काममा लागि परेकीछु। संस्थाको गर्ने काम अरु धेरै छन र ऐले नै उम्मेद्धारी घोषणा गरेर चुनाव प्रचारमा लाग्ने बेला भएको छैन। पहिला संस्थाका अरु काम गरौं अनि चुनाव तिर लागौंला थापाले भन्नु भयो।
वर्तमान अध्यक्ष दोश्रोपटक आकांक्षी हुन आउनुभयो भने नि भन्ने प्रश्नमा उहाँले भन्नुभयो- यो पटक, अझै भनौ २०१७-२०१९ कार्यकालको लागि मेरो उम्मेद्धारी एनआरएन एनसिसी अमेरिकाको अध्यक्ष पदमा नै हुन्छ। त्यो भन्दा कुनै अरु पदमा हुँदैन। मेरो उम्मेद्धारीका बारे एता र उताका तेस्ता कुनै कुरा भएको पनि छैन र हुनेवाला पनि छैन। यो पटक आफु चुनावमा अध्यक्षको प्रत्यासी रहने निर्णय मैले अग्रजहरुको सल्लाह, समकक्षीहरुको सुझाव अनि थुप्रै कुराकानी र अभ्यास पछि गरेकी हुँ। तेसैले यो कुरामा म परिवर्तन हुने या गर्ने अवस्थामा पटक्कै छैन। 

उसो भए औपचारिक घोषणा कहिले गर्नुहुन्छ, तयारी कस्तो छ त भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ- 

अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी बहन गर्नुपर्ने पदको उम्मेद्धारी भनेको सम्पूर्ण रुपमा तयारी गरेर मात्र गर्नुपर्छ भन्ने कुरा मलाइ लाग्दछ, तयारी गरिरहेकी छु। पहिलो चरणमा निर्णयमा पुग्न सम्पुर्ण अभ्यास पुरा गरेर नै यो निर्णय गरेकी हुँ। तर पनि हाल औपचारिक रुपमा अध्यक्षको उम्मेद्धारी घोषणा गर्ने समय आएको छैन र मलाई हतार पनि छैन। सम्पूर्ण तयारी पूरा भएपछि  औपचारिक घोषणा भने केही समय पछि गर्छु। त्यो घोषणामा मेरो उम्मेद्धारी अध्यक्ष पदकै लागि हुनेछ। तेसका लागि आफू सक्षम छु, मैले अरु संस्थामा पनि अध्यक्षको जिम्मेवारी लिएर काम गरकी छु, हाल उपाध्यक्ष नै भएर काम गरिरहेकी छु।

तपाईँसंग कस्ता टिम हुनेछ्न ?

मसँग सशक्त टिम हुनेछ, कामप्रति बिशवास गर्ने व्यक्तिहरुको नेटवर्क हुनेछ, आफन्त र अग्राजहरुको सल्लाह र सुझाव हुनेछ। रविना थापा सम्पूर्ण अभ्यास गरेर नै मैदानमा आएकी हो, उपाध्यक्ष भएको नाताले अध्यक्ष उठ्ने भन्ने कारण पटक्कै होइन। म एक सक्षम उम्मेद्धार भएकोले प्रत्यासी भएकी हुँ। तेसै हुनाले ऐले पनि २३ भन्दा धेरै राज्यहरुबाट स्वत: रुपमा धेरैजनाले सहयोग गरिरहनु भएको छ। मैले केही नभने पनि उहाँहरु अगाडि आउनु भएको छ। यो क्रम झनै बढ्दै छ। ३५ भन्दा धेरै राज्यमा सम्पर्क छ। मेरो उधेश्य भनेको ४५ भन्दा धेरै राज्यहरुमा सोझो सम्पर्क पुर्याउने हो। यो अर्थमा रविना थापा एक व्यक्ति होइन, अध्यक्ष हुने मेरो इच्छा होइन सबैको प्रतिनिधि हुने हो।

तपाईको जित्ने आधार के हो ?

तपाइहरु सबैको साथ, सहयोग, समर्थन, सल्लाह, सुझाव नै मेरो जित्ने आधार हो। मलाइ सुझाव दिने देखि बिरोध गर्ने समेतको साथ चाहिन्छ। संस्थामा ति सबैलाई मिलाएर लैजाने व्यक्ति नै सफल नेतृत्व दिने व्यक्ति हो जस्तो लाग्छ र म तेसै गर्दै छु। 

तत्काल सम्पूर्ण शुभचिन्तक, अग्रज, समकक्षी, आफन्त र एनआरएनहरुमा सँस्थाको सदस्य बन्ने र अरुलाई सदस्य बन्न सहयोग गरिदिनुहुन अनिरोध गर्दछु। उहाँले भन्नु भयो।