दिक्षा बस्नेत “खप्तडी”/अमेरिका
बेचिएका हजारौ नेपाली चेलीहरुको चित्कार सुन्ने र उत्पीडनमा रहेका धेरै नेपालीहरुको कथा ब्यथाको सहयोगी बनेर रबी लामीछानेले जुन ठुलो अपराध गरिरहेका छन्, उनि दोषी हुनभने त्यसको भागीदार सारा नेपाली मध्य म पनि हुन चाहन्छु।
आज म अमेरिकामा बसेर यी शब्दहरु लेख्दै छु। म नेपाली चेली, जुन मेरा जीवनका ३५ वर्ष (तिन दशक) भन्दा बढी बसन्त त्यही सुन्दर छहारी मुनि बितेका थिए। भोलिका दिनमा पनि त्यही शित्तल छहारीको ओत लाग्ने प्रण गर्दछु। किनकि हामी नेपाली कुन बाध्यताले पर्देशियौ अनि देशमा के भैरहेको छ त्यो हेक्का राख्ने खुबी म जस्ता धेरै बिदेशमा बसोबास गर्ने नागरिकमा छ र हुनुपर्छ।
बिषय र चर्चा छ, रबी लामिछाने र उनको अमेरिकी पार्सपोर्टको। यस बिषयको खुलेर बिरोध गर्ने दिल निशानी मगर देखिनु भएको छ। उहाकै भनाइमा र उहाँको पछाडी अध्यागमनका एक पौडेल थरका कर्मचारी हुनुहुन्छ। म दिल निशानी मगरका धेरै लेखहरु केहिवर्ष अघि सेतोपाटीमा खोजि-खोजि पढ्थे। श्रद्द्य लाग्थ्यो अनि होनाहार लेखक जसले समाज बदल्न सक्छ भनेर उनका लाइनहरुको प्रसंसा गर्थे। तर खै किन हो, मेरो रोजाइले आज अचानक पुर्णबिराम लगाएको छ। उनले एक भिडियो मार्फत चर्को स्वरले हास्दै एक नेपाली चेलीको खिल्ली उढाउन सफल भएका छन्। जुन चेली मृत्युको रोजाइमा हातमा बिषको बट्टा बोकेर रबी लामिछानेको कार्यलयमा पुगेकी थिईन भनिएको छ।
सामान्य बुढाबुढीको झगडामा रबी तगारो बनेको आरोप लगाउन सफल निशानिले कतै ति महिला घरेलु हिँसाबाट पिढित पो हुन् कि ? समाज र परिवारले किन उनलाई मृत्यु रोज्न बाध्य बनायो ? भनेर मानब सम्बेदंशिलतालाइ चटक्कै बिर्सेर नेपाली चेलीको खिल्ली उढाएर डिप्रेसनको रोगी उपनाम दिएका छन्।
कुरो रहयो रविको अमेरिकी पासपोर्ट। दिल निशानी मगरको भनाइमा को हुन ? ति पौडेल थरका व्यक्ति जो नेपालीको Immigration (अद्ध्यागमन) विभागमा काम गर्नुहुन्छ र आफ्नो छोराको जन्मदिनको महोत्सब मनाउनु हुन्छ। अनि त्यो पनि दरबारमार्गका महंगा रेस्टुरेन्टमा। देशको एउटा सरकारी कर्मचारी, जिम्मेवार व्यक्तिले Official कुरा छोराको जन्मदिनको पार्टीमा गर्नु, जुन Immigration संग सम्बन्धित र अत्यन्तै संबेदनशील हुन्छन। अध्यागमनका कुरा, साँझ छ बजे पछि त्यो पनि छोराको Birthday पार्टी मनाउदै गर्दा खुलासा गर्नु अनि के त्यो चाहिँ उहाको सत्चरित्र हो ?
लामीछाने जस्ता गैर तरिकाले बसेका व्यक्तिको कानुनि उपचार गर्ने ठाउ कतै नपाएर ती पौडेल थरका कर्मचारीले आफ्नो छोराको जन्मदिनको पार्टीमा सुचीत गर्नुपर्ने के बाध्यता थियो ? नेपालको कानुन मरिसकेको हो ? जहाँ साँझको व्यक्तिगत दारु पार्टी गरेर रबी लामिछानेको Over Stay भयो नेपालमा, फाइल गर्ने जस्तो जिम्मेवारी पदमा बसेका पौडेललाइ रेस्टुरेन्ट र पार्टीमा गोपनीयताको उजागार गर्ने अधिकार कसले दियो? सम्बन्धित निकाय छैन रबि लामिछानेलाइ कारबाही गर्न ?
आफै हाकिम अनि आफ्नै धोति फुस्केको थाहा नपाउने ? कानुन कता छ नेपालको ? अझ दिल निशानीजी भन्नु हुन्छ, भाकुबतामा बग्नु रबिजी र उहाका समर्थकले बेकार छ। अझ उहाले कानुनमा जानुपर्ने जोड दिनु भएको छ। तर मान्छे बेच्ने कानुन, दलाली, घुषखोरी, थिचोमिचो, डन र यी सबैबाट आक्रमित अबस्थामा गुज्रेको धर्तीमाताको सेवामा समय खर्चिनु रबी लामिछानेको गलत क्रियाकलाप हो भने उनलाई फेरी अमिरिकी जिबनमा रमाउन अनुरोध गरौ।
उहालाई नेपालबाट लखेटीहालौं, अनि शोषक, घुष खोरीहरु, दलाल, चेलीबेटी बेच्ने, मानब तस्करी, बलात्कारी, गुण्डागर्दी गर्नेहरुलाई भेलापारी बाजागाजा सहित फुलको माला पहिराएर सहर घुमाउँ। किनकि त्यस्ताहरुसंग नेपाली नागरिकता छ। जे गरेपनि हुन्छ। यता रविको बिकशित देशमा भने, मानिस भन्दा कानुन माथि छ। तर हाम्रो देशमा कानुन भन्दा नेता र कर्मचारी माथी छन्।
त्यसैले रबी लामिछानेजीलाइ देश निकाला गरौं या हत्कडी लगाएर कारबाही गरौ। त्यो सहि हुन्छहोला निशानीको निशानामा। यसको जबाफ चाइएको छ आजको परिबेशमा नेपाली जनतालाई। नत्रभने भोलि कोहि पनि स्वदेश फर्किने छैन। नेपाली पत्रकारिता जगतका जल्दोबल्दो युबा प्रेम बानिया त्यसै बिदेशिएका होइन रहेछन्।जो समृद्शाली देशमा पुगेको छ। जहाँ कानुनमा देश चलेको छ र भौतिक सुविधाका साथै मानव अधिकार र उसको सुनवाइ हुन्छ। युवाहरुलाई पलायन हुन बाध्य नगरौ, सकिन्छ हौसला र साथ् दिउं, सकिदैन खुट्टा तान्ने काम बन्द गरौँ।
जय देश, जय मातृभूमी !!
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु