क्विन अफ साउथ एशिया: सुन्दरी प्रतियोगिता नेपालमा हुँदै

Hollywood Khabar January 16,2018 Comments

सौन्दर्य प्रतियोगीताहरुको भिडमा एक फरक सोच र उद्देश्यका साथ युवतिहरुको प्रतिभालाई उजागर गर्नका लागि Queen of South Asia 2018 आयोजना हुने भएको छ। यो सुन्दरी प्रतियोगिताको क्षेत्रमा नै फरक शैलीको हुने कुरा आयोजक संस्थाको दाबी छ।
नेपाल, बाङ्लादेश, पाकिस्तान श्रिलंका तथा इन्डियाको बिभिन्न शहरहरुबाट बर्ष प्रतियोगी चुनिने छन। प्रतियोगीताको आधिकारिक पोष्टर सार्वजनिक गर्दै आयोजक संस्थाले अडिसन फर्म खुल्ला भएको जनाएको छ।
बाङ्लादेश, पाकिस्तान श्रिलंका तथा इन्डियाको बिभिन्न शहरहरुमा यस प्रेतियोगितताको अडिसन तथा सेलेक्सन राउन्ड हुनेछ भने नेपालको लागि भने काठमाडौंमा मात्र अडिसन तथा सेलेक्सन राउन्ड हुनेछ। सेमीफाइनल तथा फाइनल राउन्ड काठमान्डौमा हुनेछ, फाइनल मार्च १७ तरिक सिटी हलमा हुनेछ।आरएस फिल्मस नेपालले नेपालको तर्फ आयोजना गर्दैछ।
आरएस फिल्मस-नेपाल, फ्याब कमुनिकेसन-बाङ्लादेश, एटिएन बङ्ला-बाङ्लादेश, एक्सजेन-इन्डिया तथा एशिएन यूरोपिएन पेरिस-श्रीलंक, इन्टरन्यासनल कल्चरल फोरम अमेरिकाको संयुक्त आयोजनामा नेपालमा हुनेछ।
हरेक देशबाट ८/८ प्रतिस्पर्धिहरु मध्यबाट जम्मा ४० जनाले सेमी फाइनलमा भागलिने छन। फाइनलमा हरेक देशबाट ४/४ जना प्रतिस्पर्धिहरु पुग्नेछन। बिजेता, फर्स्ट रन्नरअप, तथा सेकन्ड रन्नरअपले नगद पुरस्कार सहित Queen of South Asia को ताज पाउनेछन। प्रतिस्पर्धिहरुलाई सञ्चार, एमसि, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि कक्षा, मोटिभेशनका साथै अन्य विभिन्न विषयमा प्रशिक्षण दिइने छ।
हाइस्कूल डिप्लोमा गरेका या सो अध्ययन गर्दै गरेका वा सो भन्दा माथि शैक्षिक योग्यता भएका १७ बर्ष उमेर देखी २८ बर्ष उमेर सम्मका प्रतियोगीहरुले मात्र प्रतियोगितामा भागलिन पाउने छन्। प्रतियोगिताको आबेदन फारम यही जनवरी १५ बाट बितरण गरिएको छ। सेलेक्सन राउन्ड फेब्रुवोरी १७ तारिक काठमाडौंमा हुने जानकारी आरएस फिल्मसका प्रबन्ध निर्देशक मिरज कोइराला तथा निर्देशक सीतल आचार्यले जानकारी दिनुभयो।
फारम/आबेदन आरएस फिल्मस, लाजिम्पाटबाट प्राप्त गर्न सक्नुहुनेछ भने RS Films को फेसबुक पेजबाट पनि प्राप्त गर्न सक्नुहुनेछ। जानकारीका लागि आरएस फिल्मस, लाजिम्पाटमा  
फोन # ०१४४२१९९