साङ्केतिक तस्बिर:साभार गुगल

क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु

Hollywood Khabar June 05,2020 Comments

२४ जेठ काठमाडौँ।बाजुरामा क्वारेन्टीनमा रहेका एक वृद्धको मृत्यु भएको छ।भारतबाट आएर जेठ १६ गतेदेखि खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको क्वारेन्टीनमा रहेका ६५ वर्षीय वृद्धको शनिबार बिहान मृत्यु भएको हो ।गाउँमै रहेको मष्टा आधारभूत विद्यालय बुढाबाडाको क्वारेन्टाइनमा उनको मृत्यु भएको खप्तड छेडेदह गाउँपालिकाका प्रमुख नरबहादुर रावतले जानकारी दिए ।

रातवका अनुसार ती वृद्ध दमका बिरामी थिए । मृतकको कोरोना परीक्षणका लागि स्वाब संकलनको तयारी भइरहेको रातवले जानकारी दिए ।