मुख्यमन्त्री त्रिलवचन भट्ट-तस्बिर साभार वेब

क्वारेन्टाइनमा बसेका सबैलाई २१ दिनसम्म बस्न मुख्यमन्त्रीको आग्रह

Hollywood Khabar April 05,2020 Comments

२४ चैत्र डोटी।आइतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशबासीका नाममा सम्बोधन गर्दै प्रदेश भित्रका जिल्लामा क्वारेन्टाइनमा बसेका सबैलाई २१ दिनसम्म बस्न आग्रह गरेका छन्।क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरुले भने प्रदेश सरकारको उक्त निर्णयले आफूहरुलाई अन्याय भएको बताएका छन्।

'क्वारेन्टाइनको बसाइ साह्रै नै नराम्रो भएकाले जति सक्दो चाँडो घर पठाउन सरकारलाई आग्रह गर्दछु, 'आदर्श गाउँपालिका स्थित शारदा माविमा रहेको क्वारेन्टाइन बसेका ओम थापाले भने, 'बसाई पुरै अव्यवस्थित रहेको छ । खोरमा भेडा, बाख्रा राखे जस्तै राखिएको छ ।'

'समय बढाउने भन्दा पनि छिटो हाम्रो श्वाव परीक्षण गरिदिए ढुक्कर भइन्थ्यो,' शिखर नगरपालिका, ४ स्थित पञ्चोदय आवि धुर्कोटमा रहेको क्वारेन्टाइनमा बसेका नारायण महराले भने, 'बिनाकारण सजाय भोगेजस्तो भइरहेको छ,' राम्रो व्यवस्था छैन, गोठमा गोरु थुनेको जस्तो गरिराछन्, 'समय बिताउनै समस्या भयो।'

'हामी त भोलि (मंगलबार) घर जान्छौं भनेर खुसी भएका थियौं,' सिद्धेश्वर माविमा रहेको क्वारेन्टाइनमा बसेका दिपक बलायरले भने, 'त्यसैमा एक हप्ताको समय बढाउँदा समस्या आएको छ, उता गहुँ खेती भित्र्याउने बेलामा यसरी बिना काम बस्नु परिरहेको छ ।' समुदायबाट अलग्गै स्थानमा क्वारेन्टाइनको व्यवस्था गरिनुपर्ने र कोठाहरुमा कम्तीमा साढे तीन फिटको दूरीमा खाटहरुको व्यवस्था हुनुपर्ने भएपनि डोटीका सबै जसो क्वारेन्टाइन बिनामापदण्डका रहेका छन् । नाम मात्र क्वारेन्टाइन राखिएपनि अधिकांश क्वारेन्टाइनमा सँगै टाँसिएर सुतिरहेका हुन्छन् ।

जिल्लाका अधिकांश क्वारेन्टाइनमा व्यवस्थापकीय कमजोरीका कारण विभिन्न किसिमका समस्या देखिएका छन्।कुनैमा पर्याप्त कपडा नभएर चिसोको समस्या छ भने कुनैमा साबुन, पानी, दाउरा लगायतको समस्या देखिएको छ।क्वारेन्टाइनमा बस्ने व्यक्तिहरु समेत संगै (टाँसिएरै) बस्ने संगै खाने तथा संगै बसेर समय बिताउने कार्यहरु गरिरहेको पाइएको छ ।