-NRNA NCC USA:संजिव श्रेष्ठ बरिष्ठ उपाध्यक्षका उम्मेदवार

NRNA NCC USA:पूर्व सहकोषाध्यक्ष संजिव श्रेष्ठ बरिष्ठ उपाध्यक्षका उम्मेदवार

Hollywood Khabar March 20,2019 Comments

कृष्ण के सी/अमेरिका/३/२२/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा पूर्व सहकोषाध्यक्ष संजिव श्रेष्ठ बरिष्ठ उपाध्य्सक्षका लागि उम्मेदवारी हुने भएका छन्।

खेल क्षेत्र र नेपाली काँग्रेससँग नजिकको राजनीतिबाट गुज्रिन्दै गैरआवासीय नेपाली संघमा आएका श्रेष्ठ २०१३/१४-२०१५ कार्यकालमा एनसीसी अमेरिकाको सहकोषाध्यक्ष थिए।

न्यूयोर्क बस्दै आएका श्रेष्ठ यो पटक बरिष्ठ उपाध्यक्षका लागि आकांक्षी भएका हुन्। उसो त २०१५ र २०१७ को निर्वाचनमा पनि भाग लिएका श्रेष्ठले यो पटक भने फरक रुपमा आफूलाइ उभ्याएका छन्।

काम र अनुभव अनि विगत देखिको इच्छाले गर्दा आफू बरिष्ठ उपाध्यक्षमा नै आकांक्षी भएको बताउने श्रेष्ठ काम नै गर्नुपर्दा भने अमूल्य समय दिन्छन। सो कुरा २०१३-२०१५ को कार्यसमितिमा सँगै काम गरेको हुनाले उनको काम गर्ने तरिका र बानी पनि यो पंक्तिकारले नजिकबाट जान्दछ।