पुरुष उत्पीडन : दबिएका आवाजहरु चौथो श्रृङ्खला

0
shares

by Soni Sharma | Updated: 20 Feb 2020

261 views
लेखक अधिवक्ता दिपक कुमार बिष्ट

घटना नं १
अविरल अफिस जाँदा सधैं बस स्टपमा एउटी सुन्दरी भेटिन थालेकी करीब एक डेढ महिना जति भयो,उ अफिस जाँदा होस या अफिसबाट आउँदा।उनी न त उसंग बोल्थिन न त कुनै कुरा भन्न चाहे झैं देखिन्थिन्।केबल उनी उनी निसकने गल्लीबाट निस्कन्थिन र बसस्टपसम्म पुग्थिन अनि उ बस चढेपछि के गर्थिन उसलाई थाहा थिएन र बेलुका बस स्टपमा उसलाई कुरेर बस्थिन र उ आएपछि उ अघि अघि हुन्थ्यो। उ आएपछि पछि पछि आउँथिन सायद । कहिलेकहि कोठामा आएर सोच्थ्यो अनि उसलाई उनको व्यवहार देखेर साँच्चै अनौठो लाग्थ्यो।उसको आर्थिक अवस्था कमजोर थियो । ऊ कतै निजी कम्पनिमा काम गर्थ्यो। कोठा अबेर आउँदा होस या छिटो ती सुन्दरी उसको बाटो हेरेर बसीरहेकि हुन्थिन्।उनी त अरु कोहि नभएर घरबेटीको छोरी पो रहिछिन्। एकदिन उनले मुखै खोलेर पर्म प्रस्ताव राखिन ।तव उ झस्क्यो ।अनि उसले भन्यो आफुले उनलाई समय दिन नसक्ने, अध्यन बिग्रन्छ, आफुलाई बाबुआमाले पढ्न भनेर बिहान बेलुकाको गाँस काटेर पठाकाछन्, म अहिले लभको चक्करमा लाग्दिन भनेर उनलाई सम्झाउँदा उनले सम्झनै चाहिनछिन्।र जबर्जस्ती गरिछन् र भनिछन् मेरो प्रस्ताव मानेनौ भने म आमाबाबुलाई तिमीले मलाई हातपात ग-यौ भनेर भन्दिन्छु । यो सुनेर उ धर्मसङ्कटमा प-यो । यो तनावले उ कोठा मै आउन छोड्यो ।

कतिन्जेल नआउने कोठामा।एक हप्तापछि आफ्नो कोठामा आउँदा सुन्दरीको आमाबाबुले घेरा हाले ।र उसलाई जबर्जस्ती करणीको उध्योग गरेको भन्दै समातेर लगेर प्रहरीमा बुझाए।उसले प्रेम प्रस्ताव अस्विकार गर्दा निर्दोष हुदाहुदैपनि अनाहकमा फस्यो । उसले  जेलबाटै स्नातक पनि सकायो ।साँढे दुई बर्षको जेल सजाय काटेर निस्कियो।उ एउटा निजी कम्पनिमा काम गर्न थाल्यो । 

यो घटना उसको जीवनको कालो ईतिहास बन्यो। उसले घरमा थाहै दिएको थिएन। उसले त्यो कालो अतीतलाई भुल्न सकेको छैन । ऊ साथीसंगीसँग कहिलेकाहीँ कुरा गर्छ,स्त्रीको चरीत्रका बारेमा । महिलाले चाहीन् भने एक निमेषमा निर्दोष पुरुषलाई सडकछाप बनाइदिन्छिन् । समाजमा खोजी पस्ने हो भने यस्ता घटना  कति होलान तथापि खुलेर बाहिर आउन नसकेको मात्रै हो । यहाँ हिंसा भन्यो कि महिला हिंसा मात्रै बुझ्ने र पुरुषमाथि पनि हिंसा हुन्छ? भनेर पुरुष हिंसाको कुरा गर्दा हाँसोमा उडाउने प्रवृतीलाई हाम्रो समाज र हामीले हाम्रो यसखाले सोचमा परिवर्तन ल्याउनु जरुरी छ । 

घटना नं २
सरकारी स्कुलमा पढ्ने छोराको अङ्ग्रेजी राम्रो भएनन भन्दै कतारमा काम गर्ने श्रीमानलाई श्रीमतीले फोनमा ट्युसन पढाउने कुरा गरिन् । उताबाट श्रीमानले पनि छोराको भविश्यको लागि पैसाको मुख हेरेनन् र अनुमति दिदै ट्युसनको लागि लाग्ने खर्च पनि पठाईदिए । छोरालाई ट्युसन पढाउन एक जना कोठा मै आएर पढाईदिने अग्रेजी शिक्षक खोजियो । छोरालाई अङ्ग्रेजी पढाउने शिक्षक दैनिक कोठामा आउथे पढाउँथे जान्थे।केहि महिनाको अन्तरालमा सर सोहि कोठमा चिया पिउने, बिस्तारै खाजा खाने, अनि पछि भोजन नै त्यहीँ हुन थाल्यो । श्रिमान विदेश एक्लो ज्यान, जवान शिक्षकको खाइलाग्दो शरीरमा लोभिइन् उनी । शिक्षक पनि उनी प्रति लोभिए । दुवैमा मायापिरिम बस्यो । उता कतारमा काम गर्ने श्रीमान्को वास्ता कम हुन थाल्यो ।कारण श्रीमानको अभाव ती शिक्षकले पुरा गरिरहेका थिए।

शिक्षक कम थिएनन् उनको नामको घडेरी देखेका थिए । मायाप्रेम गाढा हुदै गयो र एक अर्कामा छुट्टिन नसक्ने अवस्था आयो । शिक्षकले उनलाई बिहे नै गर्छु भन्न थाले । माया पिरीमको कारण उनी दुईजिउकि भईन्। अब उनीहरु बिहे गर्नुको बिकल्प थिएन। छोरालाई हजुरबुबा हजुरआमाको जिम्मा लाएर  आफ्नो नाउँको घडेरीसमेत तिनै शिक्षकलाई पास गरेर दिइन् र तिनैसंग बिहे गरेर गइन् । उनी अर्को बिहे गरेर गएको केहि दिनपछि कतारबाट कामबाट बिदा लिएर घर आउदा उनको घर घर थिएन । अहिलेसम्म कमाएर जोडेको घडेरी नि थिएन घडेरीवाली पनि।

ऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽ
महिला मात्रै हिंसामा पर्छन् भन्ने कुरो अब एकादेशको कथा भई सक्यो।हाम्रो देशको कानुनले पुरुष हिंसा पर्छन भन्ने परिकल्पना नै गरेको देखिन्न। सायद पुरुष प्रधान समाजको उपज भएकोले होला । पुरुषहरुले आफु हिंसापिडित नदेखाउन खोक्रो ईज्जतका रुपमा पुरुषमाथि हिंसा हुने कुरा कानुनमा ल्याउन हिच्किचाहट भएकोले पनि कानुनहरु आउन नसकेको हुन सक्छ ।तथापि अझै ढला भएको छैन ।जसरी महिला हिंसाका कानुनहरु बनेका छैन त्यसैगरि पुरुषमाथि हुने हिंसाका लागि उपचार पाउन दिन सक्ने कानुन बन्नु पर्छ । सोचमा परिवर्तन हुनुपर्छ ।