तस्बिर वेब

पूर्व प्रेमीको हत्या गरेको अभियोगमा श्रीमतीसहित श्रीमान पनि पक्राउ

Hollywood Khabar July 09,2019 Comments

२६ असार,कैलाली।कैलाली जिल्लाको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना पूर्व प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीवार पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय फल्टुडेका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार पति लालबहादुर लामासँग मिलेर कल्पनाले पूर्व प्रेमी गुल्मी जिल्ला घर भई कैलालीमा मजदूरीको काम गर्दै आएको अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताईएको छ।

असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोल्सामा खाल्डो खनी पुरिएको अवस्थामा बिहीवार शव फेला परेको विश्वकर्माले बताए । प्रहरीले कल्पनाका पतिलाई समेत पक्राउ गरेको छ।