-पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्षमा विजयी नेकपाका कृष्णबहादुर तामाङ

कञ्चनपुरको पुनर्वास ३ को वडाध्यक्षमा नेकपाका उमेदवार विजयी

Hollywood Khabar November 29,2019 Comments

१४ मंसिर, कञ्चनपुर ।कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ को वडाध्यक्ष पदमा नेकपाका कृष्णबहादुर तामाङ विजयी भएका छन्।तामाङले ५२८ मत पाएर बिजयी भएका हुन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपबहादुर तामाङले ३१० मत पाएका थिए ।तेस्तै समाजवादी पार्टीका भीम तामाङले ७४ मत पाएका छन् ।कुल ११९९ मतदाता रहेको यो वडामा शनिबार भएको उपचुनावमा ९२४ मत खसेको थियो । यसअघि पनि नेकपाले नै जितेको  यस क्षेत्रमा नेकपाका वडाध्यक्ष फैरु तामाङको निधन भएपछि आज उपचुनाव भएको हो ।