-खोलामा डुबेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको गाडी

पुल शिलान्यास गर्न गएको मन्त्री महासेठको गाडी खोलामा डुब्यो 

Hollywood Khabar June 09,2019 Comments

२७,जेठ,स्याङ्जा।पुलको शिलान्यास गर्न गएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठको झण्डाबाल गाडी खोलामा डुबेको छ।स्याङ्जाको सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी  अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेपछि मन्त्रीलाई सुरक्षाकर्मीले उद्दार गरेका थिए ।खोलामा डुबेको गाडीको इन्जिन नै सिन भएको छ र क्रेनको सहयोगमा बाहिर निकालिएको छ। मन्त्री भने अर्को गाडीमा फर्किएको प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले जानकारी दिए ।