-प्रवासी प्रवाहमा डायस्पोरिक कथा संग्रह प्रेयसी रोवोटको लोकार्पण

प्रवासी प्रवाहमा डायस्पोरिक कथा संग्रह प्रेयसी रोवोटको लोकार्पण

Hollywood Khabar April 11,2021 Comments

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिको साप्ताहिक कार्यक्रम प्रवासी प्रवाहको चवालिसौ शृङ्खलामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले क्यानडाका लेखक सुरेन उप्रेतीको दशौ कृति डायस्पोरिक कथा सङ्ग्रह प्रेयसी रोबटको हिजो लोकार्पण गर्नु भयो।

कृतिकार उप्रेतीलाई बधाई दिदै उहाले भन्नुभयो प्रवासी नेपालीहरु सङ्गै नेपाली भाषा र साहित्य बिश्वभर फैलिदै गएकोमा खुशी लागेको छ। प्रज्ञा प्रतिस्ठानले समेत डायस्पोरा डेस्क स्थापना गरि प्रतेक दुई दुई बर्षमा प्रवासका साहित्यकार र अनुबाद साहित्य माथी पुरस्कार दिन शुरु गरेको छ। उप्रेतीले अगाडि भन्नुभयो। गैरआवासीय नेपाली सङ्घका पूर्व अध्यक्ष साहित्यकार जीवा लामिछानेले प्रवासका लेखकहरुले नेपाली भाषा र साहित्यलाई फराकिलो पार्दै लगिरहेका र यसलाई अझै प्रोत्साहन दिनुपर्ने आबश्यकता रहेको छ भन्नू भयो।

समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा काव्यविभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेल, अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी ,अनेसासका पूर्व अध्यक्षहरु प्राध्यापक मोहन सिटौला , बसन्त श्रेष्ठ र पदम बिश्वकर्मा , साहित्यकारहरु गोवर्धन पूजा अमेरिका, भानुभक्त आचार्य क्यानडा , समालोचक डाक्टर नेत्र एटम, कमल कोइराला क्यानडा , राजेन्द्र अर्याल , कथाकार सीता अर्याल अमेरिका , साहित्यसागरका प्रधान सम्पादक मणी नेपाली पनेरू अमेरिका , सम्पादक तथा साहित्यकार रमेश सुभेच्छुक , इश्वरी भट्ट अमेरिका, गैरआवासीय नेपाली संघ संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतम रसिया, तारा उप्रेती क्यानडा, सन्तोष बराल क्यानडा , डाक्टर कृष्णहरि गौतम क्यानडा, डाक्टर भरत श्रेष्ठ क्यानडा, भोला बराल, नविन सुवेदी, दिपक श्रेष्ठ, शालिग्राम अर्याल ,युवराज भण्डारी क्यानडा, प्रेम बराल जापान र शिवहरि पोख्रेल नेपालबाट सहभागी हुनुहुन्थ्यो। त्यस्तै डाक्टर लेखनाथ काफ्ले ताइवान, विष्णु बस्याल क्यानडा, कवि कविन्द्र सिटौला अमेरिका, मकालु प्रकाशन गृह नेपालका राजेन्द्र ढकाल समेत कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपति गंगाप्रसाद उप्रेतीबाट पुस्तकको लोकार्पण गर्नु भएको कार्यक्रममा पुस्तकमाथि समालोचक द्धय डाक्टर नेत्र एटम र कमल कोइरालाले, कथा सङ्ग्रहमा रहेका कथाहरूका बिभिन्न पक्षका बारेमा चर्चा गर्नु भएको थियो ।

गैरआवासीय नेपाली संघ भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई समितिका सहसंयोजक साहित्यकार महेश्वर पन्त अमेरिका र सदस्य सचिब भगवती बस्नेतले संचालन गर्नु भएको थियो ।