US President Donald Trump

राष्ट्रपति ट्रम्प सेन्ट्रलका हजारौंको भिडलाई असाइलम नदिने पक्षमा

Hollywood Khabar October 31,2018 Comments

सेन्ट्रल अमेरिकाबाट बिस्तारै मेक्सिको हुँदै अमेरिका छिर्न आएका हजारौंको भिडलाइ अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले असाइलम नदिने सोच बनाएको करा अमेरिकाका प्रमुख समाचार माध्येमाहरुले उल्लेख गरेका छन्।

राष्ट्रपति ट्रम्पले नोवेम्बर १, २०१८ बिहिबार एक नयाँ योजना बनाएर घोषणा गर्ने तयारीमा रहेको कुरा बताइन्छ। योजना अनुसार उनीहरुलाई कानुनी रुपमा अमेरिका छिरेको खण्डमा मात्र असाइलमको लागि अपिल गर्न पाउने अध्यावधिक कुरा नै कडाइका साथ लागु गर्ने बताइन्छ।

तर अर्को हप्ता अर्थात नोवेम्बर ६ मा परको निर्वाचनको मुखमा आएर नीतिगत कुरा परिवर्तन गर्दा पर्ने असरबारे भने राजनैतिक रुपमा व्यापक आलोचना भएको छ। सोहि बिषयमा राष्ट्रपति ट्रम्पले व्हाइट हाउसमा रिपोर्टरहरुसंगको कुराकानीमा भने आगामी हप्ता आफूले कार्यकारी अध्यादेश जारी गर्ने बताएका छन्। राष्ट्रपति ट्रम्पले भने-जो कोहि पनि गैर कानुनी रुपमा यो देशमा प्रवेश गरेको छ भने तेस्ताहरुलाई कानुनी रुपमा कुनै पनि सुविदा हुने छैन।

राष्ट्रपति ट्रम्पले हजारौंको संख्यामा रहेका सेन्ट्रल अमेरिकाका ती मानिसहरुलाई बोर्डरमा रोकिने, अमेरिका छिर्न नदिने र उनीहरु आफ्नै देश फर्कनु पर्ने बताए। त्यसका लागि पहिला नै ५२०० सैनिक बल बोर्डरमा पठाइएको छ भने पुन थप १५००० भन्दा धेरै पठाइने कुरा समेत बताइएको छ।
-"We will not rest until our border is secure, our citizens are safe, and we finally end the immigration crisis once and for all.”President Donald J. Trump