-नेपाल प्रेस युनियन ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशन सोमबार सम्पन्न

नेपाल प्रेस युनियन ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशन सोमबार सम्पन्न

Hollywood Khabar February 09,2020 Comments

नेपाल प्रेस युनियन ललितपुर शाखाको छैटौं जिल्ला अधिवेशन सोमबार सम्पन्न भएको छ । सोमबार मानभावन स्थिर जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न अधिवेशनले जानुका बरालको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत रुपमा चयन गरेको छ ।

नयाँ कार्यसमितिमा अध्यक्ष, खुला उपाध्यक्ष, सचिव र सहसचिव बाहेक ११ जना नयाँ सदस्यहरुले स्थान पाएका छन्।

अधिवेशनबाट खुला उपाध्यक्ष केदारनाथ दाहाल, समावेशी उपाध्यक्षमा रुपकृष्ण कर्माचार्य, सचिवमा माधवप्रसाद घिमिरे, सहसचिवमा गोमा पाण्डे, कोषाध्यक्षमा ऋषि बस्याललाई चयन गरेको छ। कार्यसमिति सदस्यहरुमा भक्ति शाह, ईश्वरी प्रसाद न्यौपाने, रमेश प्रसाद घिमिरे, सृजना गौतम, नवराज कार्की, प्रकाश थिङ बाबुलाल स्याङ्तान, कुशुम बज्राचार्य, मोनिका राई, प्रनिशा लक्ष्मी अधिकारी र निरोज तोलाङ्गे सर्वसम्मत चयन भएका छन् ।

चैत्र २१ र २२ गते नेपालगञ्जमा हुने नवौँ केन्द्रिय महाअधिवेशनका लागी केन्द्रिय प्रतिनिधि र प्रदेश प्रतिनिधि पनि सर्वसम्वतले चयन भएको सचिव माधव प्रसाद घिमिरेले जानकारी दिए ।

यसअघि नेपाल प्रेस युनियन ललितपुरकाे पाँचौ अधिवेशन २०७० चैत १ गते सम्पन्न भएको थियाे। प्रेस युनियनको केन्द्रीय कार्यसमितिले समयमै महाधिवेशन गर्न नसक्दा सबै जिल्ला अधिवेशन प्रभावित भएका थिए ।