This alert was Screen Shot on my Iphone

अमेरिकाका राष्ट्रपतिको नामबाट आएको आकस्मिक टेक्स्ट टेस्ट अलर्टले सबैलाई झस्कायो

Hollywood Khabar October 02,2018 Comments

कृष्ण के सी/अमेरिका
अक्टुवर ३, २०१८, बुधबार बिहान मेरो जस्तै अमेरिकाका स्मार्ट फोन प्रयोगकर्ता, सबैजसो रेडियो र टेलिभिजनहरुमा राष्ट्रपतिको नामबाट एउटा आकस्मिक टेस्ट टेक्स्ट अलर्ट ब्रोडकास्ट आयो।

सुरुमा त एकछिन के पो भएछ भनेर झस्कियो तर पछि तेस्मै लेखिएको थियो टेस्ट हो, यसको लागि केहि पनि नगर्नु। कुनै अपहरण, अपराध जास्ता घटनामा प्रहरीले दिने AMBER Alerts संग हामी सबैजसो अभ्यस्त थियौं। तर यो पटक भने Presidential Alert आयो।

उसो त २० सेप्टेम्बरमा गर्ने भनिएको यो टेस्टबारे समाचार माध्येमहरुले Presidential Alert बारे पूर्व समाचार दिएका थिए। हरिकनका कारण यसलाई सारिएको थियो। तर पनि ब्यस्त जीवनका कारण सबैलाई त्यो कुरा हेक्का रहेन या फुर्सद नहुनाका कारण थाहा भएन होला। धरैजना भने एक पटक झस्केका कुरा थुप्रै रेडियो र अन्य संचार माध्येमहरुले परेको असरको कुराकानी समेत प्रसारण गएका छन्। तर The Federal Emergency Management Agency (FEMA) emergency alert tests बारे सूचना पहिला नै थियो।

अक्टुवर ३, २०१८ को 2:18pm EDT र 11:18am PDT को समयमा FEMA ले सेट गरिएको यो वार्निंगलाई Wireless Emergency Alerts (WEA) for cellphones र Emergency Alert System (EAS) for broadcast media भनेर दुइ भागमा ब्रोडकास्ट गरिएको बताइएको छ।

तर यो Presidential Alert किन गरिएको हो त जसमा भनिएको थियो- THIS IS A TEST of the National Wireless Emergency Alert System. No action is needed.

यो National Wireless Emergency Alert System (NWES) को डिजाइन राष्ट्रपतिबाट हुने ब्रोडकास्ट सिस्टम को लागि गरिएको हो। अनि यसको परिक्षण पहिलो पटक गरिएको भनिएको छ। यो सिस्टमले अमेरिकी राष्ट्रपतिलाई कुनै पनि आकस्मिक घटना र राष्ट्रिय संकटको बेला राष्ट्रका नागरिकाहरुलाई सूचना दिन, सचेत गर्नको लागि बनाइएको हो। खासगरी यो सिस्टम सबैजसो रेडियो, टेलिभिजन र सेलफोनमा करिव एक मिनेट जति ब्रोडकास्ट भएको थियो।