-राष्ट्रपति निर्वाचन:बाइडेन ५१%-ट्रम्प ४२%, इलेक्ट्रोरलमा ट्रम्प बलिया, विश्लेषण सहित

राष्ट्रपति निर्वाचन:बाइडेन ५१%-ट्रम्प ४२%, इलेक्ट्रोरलमा ट्रम्प बलिया, विश्लेषण सहित

Hollywood Khabar October 13,2020 Comments

कृष्ण के सी, अमेरिका/१०/१३/२०

अमेरिकाको आसन्न नोवेम्बर ३, २०२० मा हुने राष्ट्रपतिको निर्वाचनमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति डनल्ड ट्रम्प दोश्रो कार्यकालका लागि र डेमोक्र्याटिक पार्टीका नोमिनी तथा पूर्व उपराष्ट्रपति जो बाइडेनबीच प्रतिस्पर्धा हुँदैछ।

निर्वाचनलाइ लिएर धेरै संचार माध्यमहरुले मत सर्भेक्षण गरेका छन्। सबै जसोको मत सर्भेक्षण धेर-थोर फरक आएता पनि राष्ट्रिय रुपमा सबैले बाइडेन अगाडी रहेको देखाएका छन्। मत सर्भेक्षणले नै निर्वाचन यसै हुन्छ त्यो भन्न कठिन हुन्छ। तर एउटा सतहमा तथ्य सहित गरेको हुनाले धेरै कुराहरु नतिजाको नजीक हुन्छन।

अवस्था

अमेरिकाको सबै राज्यको जम्मा ५३८ इलेक्ट्रोरल मतमा राष्ट्रपति निर्वाचनमा बिजयी हुनको लागि २७० इलेक्ट्रोरल मत प्राप्त गर्नुपर्ने हुन्छ। राष्ट्रिय स्तरमा NBC News र केहि अन्य सहित 2020 Presidential Election Polls ले दिएका अक्टुवर १३, २०२० को नतिजा अनुसार बाइडेन ५१% र ट्रम्प ४२% को रेसियोमा पतिस्पर्धा गर्दै छन् भनिएको छ।

विश्लेषण

संख्यामा भन्नुपर्दा ५३८ जम्मा इलेक्ट्रोरल मतमा जित्न आवश्यक पर्ने २७० इलेक्ट्रोरल मत हो। बाइडेनले १८३ इलेक्ट्रोरल मत सुरक्षति गरेका छन् भने ट्रम्पले १६३ इलेक्ट्रोरल मत आफ्नो पक्कडमा राखेका छन्। बाइडेनले जित्नको लागि उनलाई अब ८७ इलेक्ट्रोरल मत आवश्यक हुन्छ। त्यसैगरी राष्ट्रपति ट्रम्पको लागि जित्नको लागि १०७ इलेक्ट्रोरल मत आवश्यक पर्दछ।

ब्याटल ग्राउण्ड

बाइडेन २९ इलेक्ट्रोरल मतले झिनो रुपमा अगाडी छन् भने ट्रम्पले ८७ इलेक्ट्रोरल मतमा झिनो रुपले लिड गरेका छन्। यो संख्या दुबैलाई जोड्ने हो भने बाइडेनको २१२ हुन्छ भने ट्रम्प्को २५० इलेक्ट्रोरल मत हुन जान्छ। सर्वेक्षणको प्रतिशतमा बाइडेन अगाडी भएता पनि इलेक्ट्रोरल मतमा भने ट्रम्प अगाडी छन्। दुबैले आफ्नो लिडिङ्ग ज्ञाप बढाउन कसरत गरेका छन्।

नेक टु नेक

बाइडेनको उल्टी-पल्टी ७८ इलेक्ट्रोरल मतमा छ भने ट्रम्पको ३८ इलेक्ट्रोरल मतमा मात्र छ। यो भनेको ट्रम्पको लागि सजिलो अवस्था हो। त्यसैगरी भन्न नै नसकिने प्रतिस्पर्धा अर्थात बराबरी रहेको स्थान चाहिँ ८५ इलेट्रोरल मत छ। बाइडेनले ३८ स्थान जिते भने बल्ल ट्रम्पको बराबरीमा पुग्छन। अनि बाँकी रहेको ४७ मतमा रस्साकसी चाहिँ हराउन र जिताउने मध्यको हो।

निष्कर्ष

यदि लिड गरेको सबै मत बाइडेनले जिते भने उनको २९० इलेक्ट्रोरल मत हुन आउँछ, जुन कुरा बिजयको निश्चित हो। तर ट्रम्पले लिड गरेको जोड २८८ हुन आउँछ। यो भनेको पनि जित्नको लागि आवश्यक भन्दा बढी मत हो। यहाँनेर कडा प्रतिस्पर्धा ८५ मतको लागि हुनेछ। त्यो मध्य जसले धेरै प्रभावमा पार्छ त्यो बिजयी हुन्छ।