-राष्ट्रपति निर्वाचित बाइडेनको शपथ ग्रहण क्षेत्र र ५० वटै राज्यमा कडा सुरक्षा

राष्ट्रपति निर्वाचित बाइडेनको शपथ ग्रहण क्षेत्र र ५० वटै राज्यमा कडा सुरक्षा

Hollywood Khabar January 16,2021 Comments

हलिउडखबर, अमेरिका/१/१६/२१

राष्ट्रपति निर्वाचित जो बाइडेन तथा उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसको शपथ ग्रहण तथा व्हाइट हाउस प्रवेस समारोह बिशेष सुरक्षा सहित आयोजना हुँदैछ। सुरक्षा चुनौतीका कारण डिसी मेट्रो क्षेत्र र अमेरिकाका ५० वटै राज्यका सदरमुकाम र प्रमुख शहरका सरकारी सेवा भवनहरुमा सुरक्षा बढाइएको छ।

सबैजसो राज्यमा नेशनल गार्डको प्ररिचानल गरिएको छ। सबै सुरक्षा निकायको संयुक्त प्रयास गरिएको छ। कतिपय ठाउँमा अनुमति भएका हतियार सहित केहि व्यक्तिहरु नियन्त्रणमा लिएका समाचार पनि आएका छन्।

सफत ग्रहण समारोहलाइ सुरक्षा चुनौती भएसँगै २५ हाजर भन्दा धेरै नेशनल गार्डको सुरक्षा सहित डिसी मेट्रोक्षेत्र र व्हाइट हाउसक आसपासमा कडा सुरक्षा प्रदान गरिएको छ। ९ फिट अग्लो अस्थाई फलामे जालीबार लगाएर नेशनलगार्डलेएल कडा सुरक्षा दिएका छन्। यस बाहेक अमेरिकाका ५० वटै राज्यका सदरमुकाम र संघिय सेवाका भवनहरुमा समेत सुरक्षा चुनौती आएको कुरा एफबिआइले जानकारी दिएको छ। संसद भवनभित्र त नेशनल गार्ड मार्बल फ्लोरमा सुटेका छन्।