-राष्ट्रपति निर्वाचित बाइडेनको १.९ ट्रिलियन डलरको कोरोना ब्यबस्थापन बजेट

राष्ट्रपति निर्वाचित बाइडेनको १.९ ट्रिलियन डलरको कोरोना ब्यबस्थापन बजेट

Hollywood Khabar January 14,2021 Comments

राष्ट्रपति निर्वाचित जो बाइडेनले १.९ ट्रिलियन डलरको बजेट कोरोना ब्यबस्थापनको लागि प्रस्ताव गरेका छन्। जनवरी १४, २०२१ बिहिबार बोल्दै राष्ट्रपति निर्वाचित बाइडेनले कोरोना क्राइसिस ब्यबस्थापनको लागि १.९ ट्रिलियन डलरको बजेट प्रस्ताव गर्ने बताएका छन्। हलको प्रति व्यक्ति ६०० मा थप १४०० गरेर २,००० डलर पुर्याउने बताए।

यसबाहेक भ्याक्शिन स्पीड रुपमा लगाउने, आफ्नो पहिलो १०० दिनमा १०० मिलियनलाइ भ्याक्शिन दिने, आर्थिक राहतको प्याकेज लगायतका योजना छन्। मिनिमम वेज १५ डलर प्रति घण्टा बनाउने जस्ता अरु कुराहरु पनि छन।उनले राष्ट्रको लागि गरेको संबोधनमा सो कुरा बताएका हुन्।