-राष्ट्रपति डा यादव भन्नुहुन्छ, राष्ट्रपति भण्डारीले गल्ति गर्नुभयो

राष्ट्रपति डा यादव भन्नुहुन्छ, राष्ट्रपति भण्डारीले गल्ति गर्नुभयो

Hollywood Khabar January 26,2021 Comments

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटनको सिफारिस बिना सल्लाह सदर गरेर गल्ति गरेको कुरा नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादवले टिप्पणी गरेका छन्।

राष्ट्रपति डा यादवले सो प्रस्ताव सदर गर्नुपूर्व कानुनविद र राजनैतिकविदसँग परामर्श लिनुपर्ने अनि मात्र अगाडि जानुपर्ने प्रतिक्रिया दिएका छन्। राष्ट्रपति डा यादवले नागरिक फ्रन्टलाइनसँगको कुराकानीमा सो प्रतिक्रिया दिएको कुरा नागरिक न्यूजले सम्प्रेषण गरेको छ। त्यहि गल्तिका कारण जुन परिणाम आएको छ त्यसलाई कानुनविद्, पूर्वन्यायाधीश, राजनीतिशास्त्री, नागरिक समाज र संचार जगतमा सेमत प्रधानमन्त्री केपी ओलीले चालेको कदम संविधानसम्मत छैन भन्ने आलोचना भएको कुरा आइसकेको छ, राष्ट्रपति डा यादवको बिचारलाइ नागरिकले अगाडी लेखेको छ।