राष्ट्रपति ट्रम्प सपोर्टरले क्यापिटल हिल तोडफोड गरे, Picture from ABC News facebook live

राष्ट्रपति ट्रम्प सपोर्टरले क्यापिटल हिल तोडफोड गरे, राष्ट्रपतिलाइ शक्ति हिन बनाउन सक्ने

Hollywood Khabar January 06,2021 Comments

अमेरिकी राष्ट्रपतिको निर्वाचन गत नोवेम्बर ३, २०२० मा सम्पन्न भएको हो। निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन (डेमोक्र्याट) राष्ट्रपतिमा र सिनेटर कमला ह्यारिस (डेमोक्र्याट) उपराष्ट्रपतिमा निर्वाचित भए। राष्ट्रपति डनल्ड ट्रम्प (रिपब्लिकन) ले निर्वाचनमा पराजय भोगे।तर पनि उनले निर्वाचनको परिणाम स्वीकारेका छैन।

जनवरी ५, २०२१ मा भएको जर्जियाबाट सिनेटको दुवै सिट पनि डेमोक्र्याटले जिते र हाउस र सिनेट दुवै सदन डेमोक्र्याटले कन्ट्रोलमा लिए।

जनवरी ६, २०२१ मा राखिएको कंग्रेस (संयुक्त सदन) ले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित जो बाइडेन र कमला ह्यारिसलाइ निर्वाचित सर्टिफाई गर्ने कार्यक्रम तय थियो। यो कंग्रेसको नियमित काम हो। त्यसलाई प्रभावित पार्न राष्ट्रपति ट्रम्पले प्रदर्शनको आयोजना गरे।

राष्ट्रपति ट्रम्प सपोर्टरहरुले क्यापिटल हिल एरिया र कंग्रेस बिल्डिंगमा समेत तोडफोड गरे। त्यहाँ प्रवेस गरेर आतंक नै मच्चाए, क्यपिटलमा नेतृत्व बिहिन जस्तो थियो। सोहि भिडमा एक महिलाको मृत्यू भएको बताइएको छ।

यसलाई राष्ट्रपति निर्वाचित जो बाइडेनले संबोधन गर्दै राष्ट्रपति ट्रम्पलाइ सो रोक्न अनुरोध गरे। त्यसपछि राष्ट्रपति ट्रम्पले भिडियो ट्विट गरेर दोहोरो भाषा लाग्ने गरि शान्त रहने गरि घर जाने भने। सो घटनालाई पूर्व सेक्रेटरी अफ स्टेट हिलारी क्लिनटनले आन्तरिक आतंकवादको संज्ञा दिएकी छन्।

सिएनएनका अनुसार, अन्तमा क्यापिटल हिल सुरक्षित रहेको छ। तर पनि एक महिलाको मृत्यू हुन पुग्यो। प्रदर्शन सुरु भयो, सिनेट बिल्डिंगको ढोका बन्द गरियो, बिल्डिंग खाली गरियो। उपराष्ट्रपति माइक पेन्सलाइ सुरक्षित रुपमा अन्त लगियो। उपराष्ट्रपति पेन्स सिनेटबाट निर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति ह्यारिसलाइ निर्वाचित सर्टिफाई गर्ने सेरेमनीमा आएका थिए। यो संबैधानिक ब्यबस्था हो। अन्तमा सांझ सम्म पनि प्रदर्शन जारी रहेको छ र कंग्रेसले आफ्नो कार्यक्रम आज राति पुरा गर्न भएको छ।

यसैबीच राष्ट्रपति डनल्ड ट्रम्पलाइ उनको कार्यकर्ल जनवरी २०, २०२१ दिउँसो सम्म पनि देशले धान्न नसक्ने भएकोले शक्ति बिहिन बनाउने छलफल पनि हुन थालेको छ। रेडियो १०६.९ मा एक जना सिनेटरले सो विचार दिएका हुन्।