-उपराष्ट्रपति पेन्सले प्रयास नगरे हाउसले बुधबार राष्ट्रपति ट्रम्पलाइ महाभियोग लगाउने

उपराष्ट्रपति पेन्सले प्रयास नगरे हाउसले बुधबार राष्ट्रपति ट्रम्पलाइ महाभियोग लगाउने

Hollywood Khabar January 11,2021 Comments

अमेरिकाकी उपराष्ट्रपति माइक पेन्सले राष्ट्रपति ट्रम्पलाइ अफिसबाट हटाउने २५ औं संशोधन अनुसार क्याबिनेटबाट प्रयास नगरे हाउसले महाभियोग लगाउने भएको छ।

प्रतिनिधिसभाकी सभामुख नान्सी पेलोसीले उपराष्ट्रपति पेन्सले राष्ट्रपति ट्रम्पलाइ अफिसबाट हटाउने प्रयास नगरेर हाउसले बुधबार महाभियोगाको लागि प्रस्ताव अगाडि बढाउने जानकारी दिएकी छन्। राष्ट्रपति ट्रम्प एकै कार्यकालमा महाभियोग भोग्ने पहिलो राष्ट्रपति हुन्।

हाउसले जनवरी १३, २०२१ मा सो प्रस्ताव पारित गरेमा सिनेटमा ट्रायलको लागि जानेछ। सिनेटले फाष्ट्रट्रयाकमा ट्र्यालको सम्पन्न गर्ने कुरा सिनेटरहरुले बाएका छन्। यसका लागि रिपब्लिकन सिनेटरहरुले पनि सपोर्ट गर्ने भएका छन्। यो पटकको महाभियोग गत जनवरी ६ मा क्यापिटल हिलमा भएको भिड र तोडफोडमा राष्ट्रपति ट्रम्पको नेतृत्व र सपोर्ट रहेको कारण नै प्रमुख आरोप लगाइने भएको छ।

यसरी हटाइयो भने राष्ट्रपति ट्रम्पलाइ पूर्व राष्ट्रपतिको लागि दिइने सम्पूर्ण सेवा सुविदा पाउने छैनन्। यो पटक गंभिर राष्ट्रिय अपराधको आरोप समेत थपिएकाले अर्को पाताल राष्ट्रपतिको उम्मेदवार हुन समेत नपाइने कुरा कतिपय सिनेटरहरुले बताएका छन्। राष्ट्रपति ट्रम्पको कार्यकाल जनवरी २०, २०२१ दिउसो सम्म छ।