-राष्ट्रपति ट्रम्पद्वारा WHO सँग संबन्ध अन्त्य र ४५० मिलियन डलर बार्षिक अनुदान रोक्ने घोषणा

राष्ट्रपति ट्रम्पद्वारा WHO सँग संबन्ध अन्त्य र ४५० मिलियन डलर बार्षिक अनुदान रोक्ने घोषणा

Hollywood Khabar May 28,2020 Comments

कृष्ण के सी/अमेरिका/५/२९/२०

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले World Health Organization (WHO) सँगको संबन्ध अन्त्य गर्दै बार्षिक रुपमा दिंइदै आएको ४५० मिलियन डलर अनुदान समेत रोक्ने गर्ने घोषणा गरेका छन्।

मे २९, २०२० शुक्रबार व्हाइटहाउसको रोज गार्डेनमा आयोजित पत्रकार भेताघटमा राष्ट्रपति ट्रम्पले सो कुराको घोषणा गरेका हुन्। WHO ले कोभिड १९ लाइ रिफर्म गर्न नसकेको, राम्रो ब्यबस्थापन गर्न नसकेको, चाइनाको समर्थन मात्र गरेर अरुप्रति पूर्वाग्रही रहेको आरोप लगाउँदै असफल WHO सँगको संबन्ध अमेरिकाले अन्त गर्दछ, राष्ट्रपति ट्रम्पले भनेका छन्।

प्रेस मिटमा राष्ट्रपति ट्रम्पले कोरोना भाइरससँग संबन्धित बिषयलाई लिएर चाइनाको अरु धेरै आलोचना गरेका छन्। यति मात्र होइन उनल चाइनासँगको व्यापार संबन्धमा पनि पुनर्विचार गर्ने कुरा बताएका छन्।

औशत रुपमा WHO लाइ सबै भन्दा धेरै अनुदान अमेरिकाले बार्षिक ४५० मिलियन डलर बार्षिक रुपमा दिने गरेको छ। तर चाइनाले भने जम्मा ५० मिलियन डलरको हाराहारीमा मात्र बार्षिक रुपमा अनुदान दिने गरेको छ। तर त्यसलाई बेइजिङ्गले २ बिलियन डलर भनेर झुट बोलेको कुरा पनि राष्ट्रपति ट्रम्पले बताएका छन्।