-राष्ट्रपति ट्रम्पको ट्विटर सधैंको लागि निलम्बित

राष्ट्रपति ट्रम्पको ट्विटर सधैंको लागि निलम्बित

Hollywood Khabar January 08,2021 Comments

ट्विटरले अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पको ट्विटर खाता सधैंको लागि निलम्बित गरको जनाएको छ। जनवरी ८, २०२१ शुक्रबार ट्विटरले राष्ट्रपति ट्रम्पको ट्विटरबाट देशलाई अरु दुर्घटना हुने संभावना देखिएकोले सो रोक्नको लागि यो निर्णय लिएको बताइएको छ। राष्ट्रपति ट्रम्पको ट्विटरमा ८८ मिलियन फोलोवर थिए।

गत जनवरी ६ मा राष्ट्रपति ट्रम्पको ट्विटर १२ घण्टाको लागि बन्द गरिएको थियो। उनको @realDonaldTrump ट्विटर सधैंको लागि निलम्बन गरेको कुरा कम्पनीले जनाएको छ। यसपूर्व ट्विटरका सयौं कामदारले प्रमुख (CEO) Jack Dorsey लाइ लिखित अनुरोध गरेरका थिए।