-राष्ट्रपति ट्रम्पका सामाजिक संजाल एकाउण्ट १२ घण्टाको लागि ब्लक

राष्ट्रपति ट्रम्पका सामाजिक संजाल एकाउण्ट १२ घण्टाको लागि ब्लक

Hollywood Khabar January 06,2021 Comments

अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट पूर्व उपराष्ट्रपति जो बाइडेन (डेमोक्र्याट) राष्ट्रपतिमा र सिनेटर कमला ह्यारिस (डेमोक्र्याट) उपराष्ट्रपतिमा निर्वाचित भए।

राष्ट्रपति डनल्ड ट्रम्प (रिपब्लिकन) ले निर्वाचनमा पराजय भोगे। तर पनि उनले निर्वाचनको परिणाम स्वीकारेका छैन। जनवरी ६, २०२१ मा राष्ट्रपति ट्रम्पले प्रोटेष्ट र्याली गरेर क्यापिटल हिलमा जान निर्देशन गरे। प्रदर्शनकारीले कंग्रेस चेम्बरमा सेमत तोडफोड गरे। सोहि समयमा निर्वाचनलाई सर्टीफाई गर्न बसेको कंग्रेस (संयुक्त सदन) प्रभावित भयो। बिचमा केहि रिपब्लिकन सिनेटरहरुले अब्जेक्शन गरेका थिए। तर पनि पछि राति सम्पन्न बैठकले बाइडेन-ह्यारिसलाइ बिजेता सर्टीफाई गरेको छ।

सो कुरालाइ राष्ट्रपति ट्रम्पले सोसल मिडियामा बढावा दिने र हिँसा बढाउने काम गरेकाले उनका सबै सोसल मिडिया १२ घण्टाको लागि ब्लक गरिएको कुरा ट्विटर, फेसबुक, इन्स्टाग्रामले जनाएका छन्।राष्ट्रपति ट्रम्पले निर्वाचन पछिका सबै भड्काउने खालका पोष्ट नहटाय उनको एकाउण्ट पर्मानेण्टिली बन्द गर्ने जनाएको छ।