Hollywoodkhabar advertisement

राष्ट्रपति ट्रम्प बिरुद्द दोश्रो पटक महाभियोग प्रस्ताव हाउसबाट पास, सिनेट ट्रायलमा राष्ट्रपति

-राष्ट्रपति ट्रम्प बिरुद्द दोश्रो पटक महाभियोग प्रस्ताव हाउसबाट पास, सिनेट ट्रायलमा राष्ट्रपति
0
shares

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पलाइ क्यापिटल हिल बिलिडिङमा हुलदंगा गराउने कार्यमा साइटेशनमा परेको अभियोग सहित हाउसबाट महाभियोग पारित भएको छ।

यस अघि हाउस स्पिकर नान्सी पेलोलीले उपराष्ट्रपति माइक पेन्सलाइ संसोधित २५ औं ब्यबस्था अनुसार अगाडी बढ्न गरेको अनुरोध उपराष्ट्रपतिले अस्विकार गरेता पनि हाउसले उपराष्ट्रपति माइक पेन्सलाइ क्याबिनेटबाट हाटाउन जनवरी १२, २०२१ मा मत सहित अधिकार दिएको थियो। उपराष्ट्रपति पेन्सले सो प्रस्ताव पनि अस्विकार गरे।

त्यसपछि आज जनवरी १३, २०२१ मा हाउसले राष्ट्रपति ट्रम्प बिरुद्ध महाभियोग प्रस्ताव पारित गरेको छ। हाउसमा हाउस डेमोक्र्याटको सो प्रस्तावलाइ हाउस रिपब्लिकन मध्य १० जनाले पक्षमा मत दिएका छन्। यसपछि राष्ट्रपति ट्रम्पलाइ सिनेट ट्रायलमा पठाइनेछ।यो पटक उनलाई सिनेटबाट हटाउँदा उनको कार्यकाल समाप्त हुने अवस्था रहेको कुरा राजनैतिक क्षेत्रको छ।

तर पनि यो इन्पिचमेन्टले राष्ट्रपति ट्रम्पलाइ अन्य सेवा-सुविदा र २०२४ मा उम्मेदवार हुनबाट रोक्नेछ। यो पटक रिपब्लिकन सिनेटर र नेताहरुले पनि राष्ट्रपति ट्रम्पलाइ हटाउन मत दिने भएका छन्।राष्ट्रपति ट्रम्प अमेरिकी इतिहासमा महाभियोग भोग्ने तेश्रो राष्ट्रपति र एकै कार्यकालमा दुइ-दुइ पटक महाभियोग खाने पहिलो राष्ट्रपति हुन्।