-ट्विटरले मिसलिडिङ ट्याग लगाएपछि राष्ट्रपति ट्रम्पद्वार कार्यकारी आदेश जारि

ट्विटरले मिसलिडिङ ट्याग लगाएपछि राष्ट्रपति ट्रम्पद्वार कार्यकारी आदेश जारि

Hollywood Khabar May 27,2020 Comments

हलिउडखबर/अमेरिका/मे २८, २०२० बिहिबार

अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले सामाजिक संजाललाइ लक्षित गर्दै एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

ट्विटरले गत तीन दिन अगाडी आफ्नो ट्विटलाइ मिसलिडिङ ट्याग लगाएपछि राष्ट्रपति ट्रम्पले सो कदम उठाएका हुन्। ओभल अफिसबाट बोल्दै राष्ट्रपति ट्रम्पले आफूले फ्री स्पीचको कुरालाई पहिलो पटक खतराको घण्टीको यस्तो फेस गरेको कुरा बताएका छन्।

संयुक्त राज्य अमेरिकामा एउटा सानो मुठीभरको सामाजिक संजालले ठूलो अमेरिकी समाज र संचार जगतलाइ नै नियन्त्रण गर्छ। उनिहरुसंग अनाधिकृत अधिकार छ, जसले नागरिक र ठूलो जमातलाइ भ्रमित, संपदन, परिमार्जन जे जे पनि गर्नसक्छन, राष्ट्रपतिले भनेका छन्।

यो कार्यकारी आदेशले सामाजिक संजालका प्रमुखहरुलाई केहि असजिलो पार्छ या पार्दैन भन्ने कुरा अमेरिकी संचार जगतमा व्यापक चर्चा चलेको छ। फेसबुकले भने त्यो कुरालाई फरक रुपमा लिएको छ।