President Bhandari

सहिद बन्न नपर्ने वातावरण सिर्जना गरौ : राष्ट्रपति भण्डारी

Hollywood Khabar January 28,2017 Comments

सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुने राष्ट्रपति विद्यादेवी भण्डारीले बताउनु भएको छ। सहिद दिवसका अवसरमा आज गोकर्णमा आयोजना गरेको कार्यक्रममा भण्डारीलेअब कसैले सहिद बन्न नपर्ने वातावरण सिर्जना गरेमा मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने र लोकतान्त्रिक अभ्यासले नै समस्या समाधानमा सहयोग गर्ने भन्दै सबै दल सहमति र सहकार्यका साथ अघिबढ्नुपर्ने बताउनुभयो।