-सांकेतिक तस्विर

प्रेमिका भेट्न जाँदा प्रेमिकाको पुर्व प्रेमीद्वारा बन्चरो प्रहार गरि हत्या 

Hollywood Khabar April 14,2019 Comments

३बैशाख,महेन्द्रनगर।कञ्चनपुरमा प्रेमिकालाई भेट्न गएका एक युवालाइ प्रेमिकाको पुर्व प्रेमीले बन्चरोप्रहार गरि हत्या गरेका छन्।कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ का १९ वर्षीय सुविल बडायक २८ गते प्रेमिकालाई भेट्न पुगेकोबेला प्रेमिकाको पुर्व प्रेमीले बन्चरो घाँटीमा प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दिनेश कुमार आचार्यले बताए।

प्रहरीले  कृष्णपुर नगरपालिका ७ का १८ वर्षीय अयोध्या राना र सोही ठाउँ बस्ने १७ वर्षीय प्रमोद रानालाइ पक्राउ गरेपछि हत्या स्वीकार गरेको प्रहरीको भनाइ छ ।बडायकको कृष्णपुर नगरपालिका–७ स्थित उग्रतारा सामुदायिक वन छेउको नेउरा खोला किनारामा जमिनमा गाडेको अवस्थामा शव भेटिएको थियो ।