https://www.youtube.com/embed/yyil3yuEL_Y

प्रेम थापाको अच्छा मेरो लाहुरे

Hollywood Khabar July 23,2017 Comments

पछिल्लो समय निर्देशन र अभिनयलाई सँगसँगै अगाडी बढाइरहेका लोकप्रिय मोडल तथा निर्देशन प्रेम थापाले निर्देशन तथा अभिनय गरेको नयाँ गीत अच्छा मेरो लाहुरे बोलको गीत सार्वजनिक भएको छ ।
भारतीय सेनामा भर्ति भएर नेपाल आँउदा माया प्रेम बसेको कुरालाई तीज सँग जोडेर गीतको विषयबस्तु बनाइएको छ । माया गुरुङ,चन्दा कार्की,इश्वर सिँह र बद्रि के सीको आवाज रहेको सो गीतमा माया गुरुङ,चन्दा कार्कीको शव्द तथा सिँह र बद्रि के सीको लय सिर्जना रहेको छ । कृष्ण फिल्मसले बजार व्यवस्थापन गरेको सो गीतमा प्रेम थापा र सब्रीना क्षेत्रीको दमदार अभिनय समेत देख्न सकिन्छ ।