नेपाली लोकदोहोरी गीतको बजार जसरी माथि आएको थियो त्यसैगरी ओरालो लागिरहेको पनि छ। तर पनि लोकदोहोरी गीतका गायकहरु भने आउने र बढ्ने क्रम जारी नै छ। यसै क्रममा अर्को एउटा लोक दोहोरी गीत जाले रुमाल सार्वजनिक भएको छ। जाले रुमाल गीत प्रेम सापकोटा सोनुको लय तथा शब्द श्रृजनामा स्वयं प्रेम सापकोटा र नवगायिका शान्ता सुनारको आवाज रहेको छ।
बिशेषगरि युवा वर्गलाई लक्षित गरेर बनाईएको गितमा पछिल्लो समयमा युवामनका ढुकढुकि चर्चित गायक तथा मोडल रामजी खाँड तथा लोकप्रिय डिम्पलवाली मोडल करिश्मा ढकालको आकर्षक नृत्यसंगै अभिनय देख्न सकिन्छ। शुरेश श्रेष्ठले क्यामेरा, सन्तोष महराले ड्रोन चलाएको यस गीतलाई पछिल्लो समयका व्यस्त सम्पादक प्रकाश धमलाले सम्पादनमा गरेका हुन्।
त्यसैगरी कुशल निर्देशक भनेर चिनिने निर्देशक स्मृति तिमिल्सिना गुरुआमाले निर्देशन गरेकी छन्। गीतलाई प्रेम सापकोटा”सोनु युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता