https://www.youtube.com/embed/XhT1J147hKk

प्रेमगीत २ को ट्रेलर सार्वजनिक

Hollywood Khabar June 18,2017 Comments

नेपाली चलचित्र ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ। चलचित्रका मुख्य कलाकारद्धय प्रदिप खड्का र अश्लेषा ठकुरीसहित निर्माता सन्तोष सेन, निर्देशक रामशरण पाठकले काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै  ट्रेलर सार्वजनिक गरेका हुन्।
साउन १३ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा प्रेमका लागि हुने त्याग, द्धन्द्धको कथा समावेश गरिएको छ। बर्मा, थाइल्याण्ड र नेपालमा छायांकन गरिएको यो चलचित्रमा २ मुलुकका यूवा-यूवतीको कथालाई देखाइएको छ। पुरुषोत्तम प्रधानले चलचित्रको क्यानभास गजबले क्यामेरामा उतारेका छन् भने अष्ट महर्जनले चलचित्रमा एक्सन निर्देशन गरेका हुन्।
कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक रामशरण पाठकले म्यानमार र नेपालमा बस्ने यूवायूवतीविच हुने प्रेमकथालाई चलचित्रमा देखाइएको बताए। निर्माता सन्तोष सेनले निर्माण गरेको चलचित्रको ३ वटा गीत सार्वजनिक गरेपछि ट्रेलर बजारमा ल्याइएको हो।