-प्रवासी एकता मंच अमेरिका टुक्रियो, टेक गुरुङ अध्यक्ष, भिम कार्की बरिष्ठ नेता

प्रवासी एकता मंच अमेरिका टुक्रियो, टेक गुरुङ अध्यक्ष, भिम कार्की बरिष्ठ नेता

Hollywood Khabar March 29,2020 Comments

कृष्ण के सी/अमेरिका/३/३०/२०

कोरोनाको यो संकटमा पनि यस्तो राजनैतिक समाचार भनेर कतिलाई उदेक लाग्न सक्छ। तर यो समाचारसँग दुइ मुख्य कुरा गाँसिएका छन्। पहिलो मन नमिलेपछि पार पारपाचुके हुने अनि दोश्रो सामाजीक संस्था भन्दै राजनीति गर्ने कुरा।

गत महिना मात्र नेपाल कम्यूनिष्ट पार्टी पूर्व एमालेको प्रवास मंच र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भात्री संस्था प्रवासी संस्था मिलाएर लैजाने काम भयो। अमेरिकामा पनि एमालेका पक्षका प्रभु थापा अध्यक्ष र माओवादी पटिका प्रकाश अधिकारी सचिव बनाएर एकता गरियो। त्यसको केहि समय पछि नै असन्तुष्ट पक्षले अर्को प्रवाशी मंच गठन गरे।

अमेरिकी भूमिमा रहेका विभिन्न सामाजिक संस्थाहरू मध्येको एक टेक गुरुङ अध्यक्ष रहेको प्रवाशी नेपाली एकता मंचको प्रथम बैठक मार्च २९, २०२० मा सम्पन्न भएको कुरा हलिउडखबरलाइ प्राप्त भएको छ। यो नयाँ मंचमा टेक्सास निवासी प्रवासी मंचका चर्चामा रहेका व्यक्ति भिम कार्कीलाई बरिष्ठ नेताको रुपमा चयन गरिएको बताइएको छ।

यति मात्र होइन बैठकले कोराना महामारीले अमेरिकामा रहेका संक्रमित नेपालीहरुलाई समस्यामा सहयोग पुर्याउन निर्णय समेत गरेको छ। यसबाहेक बैठकले थुप्रै नीतिगत कुरा गरेको बताइन्छ। अमेरिकामा रहेका नेपालीहरुको घना बस्ति रहेका न्युयोर्क र टेक्ससमा एकै समयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको सो संस्था गैर-राजनैतिक एक सामाजिक 501-C मा दर्ता हुने कुरा बताइएको थियो।

यो संस्थामा सबैलाई सदस्यता दिने राजनीतिको हैसियत नराख्ने बताइएको भएता पनि अजिवको कुरा यो संस्थामा प्रवासी मंचका पूर्व पधाकरी र संबद्ध व्यक्तिहरु मात्र छन्। यसबाट बुझ्ने कुरा भनेको नेकपाको प्रवासी एकता मंच चोइटिएर अर्को बन्यो भन्ने नै हो।

यति मात्र होइन, त्यो समय नेकपाले मान्यता दिएको प्रभु थापा संयोजक र प्रकाश अधिकारी सचिब रहेको प्रवासी नेपाली एकता मंचका गतिबिधिवाट असन्तुस्ट रहेर यो नयाँ सस्था निर्माण गर्नु परेको बताएका थिए। त्यहाँनेर भने कुरा नमिलेको देखिएको थियो। एकातिर राजनीति भन्दा बाहिर भन्ने अर्कातिर असन्तुष्ट पक्ष भन्ने।

अमेरिकामा 501-C अन्तरगत दर्ता दर्ता हुने संस्था ननप्रफिट सस्थाको रुपमा स्वतन्त्र र स्वायत्त तरिकाले सामाजिक कामको लागि चल्नुपर्ने हुन्छ। त्यो कुरा भएकोले नेपालका कुनै पनि अमुक दलको निर्देशन मान्नु जरुरी छैन भन्ने उनीहरुले पनि दिएका नै थिए। तर यो पछिल्लो बैठक सम्म आइपुग्दा नेकपाको अर्को गुटको टुकडी नै भएको सावित हुन पुग्यो। हुन त बरिष्ठ नेता भनिएका भिम कार्की थुप्रै संस्थामा छन। राजाबादी देखि माओबादी सम्मका संस्थामा प्रत्यक्ष या परोक्ष रुपमा संलग्न छन्। उसो त उनि प्रवासी नेपाली मंचको सस्थापक सदस्य नै पनि हुन्। पछि इन्द्रणी साँस्कृतिक संघको संरक्षक परिषद्को अधक्ष्य, पृथ्वी नारायण शाह प्रतिष्ठानको संरक्षक परिषद अध्यक्ष पनि हुन्। अब यो नयाँ प्रवाशी मंचको कारक तत्व पनि चोइटिएको बाहेको अरु केहि पनि होइन।