राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजक शरद सिंह भण्डारी

प्रत्येक २ महिनामा संयोजक फेरिने प्रावधान अनुसार:राजपा अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी

Hollywood Khabar March 19,2019 Comments

६ चैत्र काठमाडौ।राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्ष मण्डलको संयोजकमा शरदसिंह भण्डारी चुनिएका छन्।प्रत्येक २ महिनामा संयोजक फेरिने प्रावधान अनुसार भण्डारी संयोजक चुनिएका राजपाका महासचिव केशव झाले जानकारी दिए।

भण्डारी अघि राजपा अध्यक्ष मण्डलको संयोजकमा नेता महेन्द्र राय यादव थिए।यसपछि अध्यक्ष मण्डलका अन्य सदस्यहरु अनिल झा र राजकिशोर यादव क्रमश:संयाजक बन्नेछन्।यसअघि पार्टी गठन भएपछि लामो समय महन्थ ठाकुर संयोजक रहेका थिए भने उनीपश्चात् राजेन्द्र महतो सो जिम्मेवारीमा रहेका थिए।