-प्रतिनिधिसभा विघटन घटनाले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र माथि गम्भिर बज्रपात

प्रतिनिधिसभा विघटन घटनाले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र माथि गम्भिर बज्रपात

Hollywood Khabar December 19,2020 Comments

प्रेस विज्ञप्ती

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वभौम संसदको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरेको घटनाले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र माथि गम्भिर बज्रपात हुनपुगेको छ।

प्रधानमन्त्री ओलीको गलत कदमको सदर गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको मिति तोकिनुले नेपाल गम्भिर राजनीतिक संकटमा होमिएको छ। प्रधानमन्त्री ओलीको यो कदम जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको मर्म विरुद्ध भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ठहर छ।

झण्डै दुई तिहाइ बहुमत बोकेको सरकारले शासन व्यवस्थाको मजबुतीकरण, विधि र कानूनी शासनको पालन गर्दै जनहितमा काम गर्नुपर्ने जनअपेक्षाका विपरित प्रधानमन्त्रीबाट चालिएको यो कदम नितान्त व्यक्तिगत दम्भको उपज हो। नेजा प्रधानमन्त्री ओलीको उक्त गैरसंवैधानिक कदमको भत्र्सना गर्दै लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरुको आन्दोलनमा ऐक्यवद्दता जनाउँदछ।

किरण मरहट्टा

महासचिव

नेपाल अमेरिका पत्रकार संघ (नेजा)

डिसेम्बर २०, २०२०