-NRNA अमेरिका चुनाब: कोषाध्यक्षका उम्मेद्वार प्रसन्न सँग्रौला सँग्रौला

NRNA अमेरिका चुनाब: कोषाध्यक्षका उम्मेद्वार सँग्रौला भन्छन, अग्रज र युवा दुबैको समर्थन छ

Hollywood Khabar April 30,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा कोषाध्यक्षका उम्मेद्वार प्रसन्न सँग्रौला आफू जित्ने कुरामा ढुक्क छन्।

झापा जिल्लामा जन्मेका प्रसन्न संग्रौलाको पढाइ इटहरीमा भएको हो। कलेज भने शंकरदेवबाट स्नातक गरेको बताउँछन् उनी। हुन त नेपाल रेडक्रसको युवा रेडक्रस सर्कल अध्यक्ष पनि भएको कुरा गर्छन संग्रौला। तर पनि उनको चर्चाको बिषय भने राजनीति रहन गयो।

विद्यार्थी जीवनमा कांग्रेस निकट नेपाल विद्यार्थी संघमा सकृय रहेका संग्रौला शंकरदेव क्याम्पस स्ववियु उम्मेदवार पनि थिए। नेपाली जनसंपर्क समिती अमेरिकाको भर्जिनिया च्याप्टरको पूर्व उपसभापति पनि थिए। यति मात्र होइनअमेरिकाको डेमोक्र्याटिक पार्टीको गतिबिधिमा पनि सहभागि भन्छन उनि। स्थानिय पशुपति बुद्ध मन्दिरकोमा समेत योगदान गरेका उनले जिविकोपार्जन गर्न आफ्नो ब्यबसाय भएको बताए।

२००९ मा अमेरिका आएका संग्रौलाको दुवैतर्फ ब्यबसाय भएकाले न्यू ह्यामसार र भर्जिनिया दुवै राज्यमा बस्ने गरेका छन्। २०१४ मा एनसीसी अमेरिकाको सदस्य बनेका उनि हाल भने कोषाध्यक्षका उम्मेदवार भएका छन्।

आफ्नो कार्यकालमा कोषलाइ पारदर्शी रुपले सम्पूर्ण सदस्यहरुलाई जानकारी दिन प्रत्येक महिना हिसाव सार्वजनिक गरिने कुरा उनले बताए। बुक किपर राखेर बिधिवत् रुपमा रेकर्ड राखिने छ। आन्तरिक रुपमा सिपिए राखेर समयमा नै अन्तरिक र नियमित अडिट गरिने कुरा पनि संग्रौलाले बताए।

यो पटक अग्रजहरु, समकालीन र युवा सबैले आफूलाई सपोर्ट गरेकाले आफूले जित्ने कुरामा संग्रौला ढुक्क छन्।