२९ माघ काठमाण्डौं।प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोष जनक नरहेको व्यवसायीले बताएका छन्।अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसोसियशन अफ् नेपाल(फ्यान) का अध्यक्ष कुमार कसजुले बताउनुभयो।
गएको वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो।यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ।उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ। गएकौ वर्ष एक लाख फूल नेपाल ल्याइएको भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो।बजारमा फूलको माग कम रहेकाले यो वर्ष गएको वर्षको तुलनामा कम परिणाम मा फूल आयात गर्न लागिएको हो।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...