https://www.youtube.com/embed/RPjOwkjmACI

प्रकाश पौडेल अनि नरेश बोहोराको रायडाडा

Hollywood Khabar August 23,2017 Comments

भनिन्छ आफू जन्मेको ठाउँ प्राणभन्दा पनि प्यारो हुन्छ। बालापनदेखि आफुले खेलेका तिनै पाखापखेरा, भन्ज्याङ,चौतारी, उकाली-ओराली, खोलानाला, मठमन्दिर आदिलाई मष्तिस्कमा कैद गरि गरिबिको झोला बोकेर बिदेसिनु पर्ने बाध्यता हामी सबैमा छ।
जन्म भुमिको माया के हो त्यति बेला मात्र थाहा हुदोरैछ जतिबेला १५ घण्टा पसिनाले शरीर निथ्रुक्क भिज्छ। हो यिनै कुरालाई समेटेर कामको शिलशिलामा दक्षिण कोरीयापुगेका प्रकाश पौडेल अनि नरेश बोहोराको सँयुक्त प्रयासमा प्रत्येक शब्दलाई पन्चेबाजामार्फत समेटिए को छ।
बा न पा ११ रायडाडा ८ मा जन्मनु भएका  सर्जक एबम मोडेल नरेस बोहोरा सानै उमेर देखि गित गाउने लेख्ने अनि अभिनय गर्न रुचाउने ब्याक्ती हुन बोहोरा छोटो समय नै सबै    दर्शक श्रोताको मन मुटुमा  बस्न  सफल सर्जक एबम मोडल हुन। आफू जन्मेको ठाउँलाई समेटिएर बनाईएको पन्चे बाजागीत जन्मे हुर्के रायडाडा आज मात्रै मुजिक नेपाल कम्पनीबाट सार्वजनिक भएको हो।
चचित गायक बसन्त थापा र जुना श्रिषको आबाजले भरिएको एस गितमा नरेस बोहोराको शब्द छ भने गितको थेगो प्रकाश पौडेलको रहेएको छ। बसन्त थापाको लयमा रहेको गितको निर्देशन प्रेम थापाले गरेका हुन। भने गितको छायांकन करन चैरेसीले गरेका छन। गितको सम्पादक नवीन घर्ति मगरले गरेका छन। गितको अभिनय स्वयम् सर्जक नरेश बोहरा लेगरेका छन भने भिडियोमा साथ दिएकि छन। चरचित मोडल अञ्जली अधिकारीले। गितको बजार ब्याबस्थापन हमला म्युजिक प्रा.लीले गरेको छ।
गीतमा आफू जन्मेहुर्केको ठाउलाई आफ्नो ज्यान भन्दानी  प्यारो बन-पाखा साथी भाइसग सगै डुलेको काफल चुत्रो ऐसेलु खाएको अनि मुलको चिसो पानी खादा प्यास मेटेको बाध्यताले जहाँ जुन जस्तो अबस्थामा भए पनि जन्मे हुर्केको ठाउँ रायडाडा लाई भुल्न नसकेको बोहोराले गीतमा समाबेस  गरेका छन।
मर्ने बेलामा पनि एक घुडकी पानी तेहि गाउँको मुलको होस फुलमाला पनि लासमा  आफनै गाउको होस यस्तै मार्मिक शब्दले भरिएको पन्चे बाजा जन्मे हुर्के रायडाडामा गीतमा  भरिएको छ।