- सांसद प्रकाश पन्थ

सरकारले खेलाडीलाई हेर्ने दृष्टिकोण न्यायोचित भएन- सांसद प्रकाश पन्थ

Hollywood Khabar February 13,2019 Comments

२फागुन,काठमाडौं।राष्ट्रिय सभाका सांसद प्रकाश पन्थले नेपाल सरकारले खेलाडीलाई हेर्ने दृष्टिकोण न्यायोचित नभएको बताएका छन्।बिहिबार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद  पन्थले  राष्ट्रको नाम विश्वसामु चिनाउन सफल भएको खेलाडी र  नेपाली खेलदकूद  विकासको संभावनालाई सरकारले हेर्ने दृष्टिकोणमा न्यायोचित हुनुपर्ने बताएका हुन्।

सांसद  पन्थले पारस खड्का नेतृत्वको नेपाली राष्ट्रिय क्रिकेट,दृटिविहिन महिला क्रिकेट T20को ऐतिहासिक सफलता ,सावित्रा भण्डारी नेतृत्वको महिला फुटबल टिमले  भारत र  इरानलाइ हराएर नयाँ रेकर्ड दिलाउदा पनि सरकारले वेवास्ता र  विभेद गरेको बताए ।सांसद पन्थले नेपाली खेलाडीहरुका कारण प्राप्त भएका सफलताले राष्ट्रको नाम विश्वसामु चिनाउन सफल टोलीलाई कसैलाई जनही पाँच लाख रुपैयाँले सरकारले बधाई र सम्मान दिने र राष्ट्रको इतिहास रच्ने अर्को   टोलीलाई संबोधन नगर्दा न्यायोचित नदेखिएको बताए ।

सांसद पन्थले हेमोफिलियाका कारण अपांगता हुने रक्तश्राब संबेदनशिल  समस्याको  औषधिको अभावका कारण ज्यान गुमाउनेको संख्या बढेको भन्दै हेमोफिलियाको  निःशुल्क उपचार हुने गरि औषधी सुची सुचीकृतगराउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।तेसैगरी सांसद पन्थले महिला तथा बालबालिका कार्यालयले जारी गर्दै आएको अपांगता परिचयपत्र सबै स्थानीय तहबाट सहज ढंगले परिचयपत्र प्राप्त गर्न नसकेको बताए।