-ज्ञानेन्द्र शाही

प्रहरीले ज्ञानेन्द्र शाहीलाई हिरासतमा राख्यो 

Hollywood Khabar September 14,2019 Comments

३० भदौ,काठमाडौं ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई दुर्व्यवहार गरेको भन्दै ललितपुर प्रहरीले ज्ञानेन्द्र शाहीलाई पक्राउ गरि हिरासतमा लिएको छ । विमानस्थलमा मन्त्री भट्टराईमाथि शनिबार भएको दुर्व्यवहारबारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा शाहीमाथिनै हातपात भएको थियो। उक्त घटनापछि सुरक्षाको कारण देखाउँदै प्रहरीले शाहीलाई  नियन्त्रणमा लिएर अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धान गर्नुपर्ने भन्दै आइतबार साँझ  पक्राउ पुर्जी दिँदै उनलाई ललितपुर प्रहरीले हिरासतमा राखेको हो।