विशेष अदालत काठमाण्डौं

प्राध्यापक र प्रहरी निरीक्षक विरुद्ध मुद्दा दायर

Hollywood Khabar July 08,2019 Comments

२५ असार काठमाण्डौं।त्रिभुवन विश्व विद्यालयका प्राध्यापक, नेपाल प्रहरीका इन्स्पेक्टरसहित ६ जना कर्मचारी विरुद्ध विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।त्रि. वि.को विज्ञान तथा प्रविधि अध्ययन संस्थान–डिन)को कार्यालय कीर्तिपुर का सहायक डिन प्रा.डा.शम्भु प्रसाद पटेल विरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।दुई साताअघि उनलाई आयोगको टोलीले ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको थियो । 

विशिष्ट श्रेणीका कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेर आयोगले मुद्दा दायर गरेको यो पहिलो घटना हो।त्यस्तै,आयोगले जिल्ला प्रहरी कार्यालय,नुवाकोटका तत्कालीन प्रहरी निरीक्षक लालबाबु प्रसाद साह विरुद्ध समेत मुद्दा दायर भएको छ ।लागुऔषध मुद्दामा पक्राउ उनले ७० हजार रुपैयाँ घुस लिएका थिए ।