-प्रधानमन्त्रीको राजीनामा माग्दै सरकार बनाउन जुट्यो नेपाली कांग्रेस

प्रधानमन्त्रीको राजीनामा माग्दै सरकार बनाउन जुट्यो नेपाली कांग्रेस

Hollywood Khabar April 02,2021 Comments

नेपालको संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नो नेतृत्वमा सरकार गठन गर्न पहल सुरु गरेको छ।

अप्रिल २, २०२१ शुक्रबार भएको केन्द्रीय समिति बैठकले कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको छ। बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा गर्नुपर्ने र कांग्रेसले नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय भएको बताएका छन्। सरकारमा जाने कुरामा असहमत रहेका देउबालाइ नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतसँगको छलफलपछि कांग्रेस यो निर्णयमा पुगेको बताइएको छ।