प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल २०७५ सेमि-फाईनल

प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल २०७५ सेमि-फाईनल अपडेट

Hollywood Khabar November 25,2018 Comments

प्रधानसेनापति छैठौं अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता २०७५ अन्तरगत जङ्गी अड्डास्थित खेल मैदानमा त्रिभुवन आर्मि क्लब र प्रदेश नं. २ तथा नेपाल पुलिस क्लब र ए.पि.एफ. बीचको खेल सम्पन्न भएको छ।

सेमि-फाईनल अन्तरगत आज नेपाल पुलिस क्लब र ए.पि.एफ. बीच भएको पहिलो खेलमा ए.पि.एफ.ले ० को विरुद्ध ३ गोल हानि विजयी भएको छ। त्रिभुवन आर्मि क्लब र प्रदेश नं. २ बीच भएको दोस्रो खेलमा त्रिभुवन आर्मि क्लबले ० को विरुद्ध ४ गोल हानी विजयी भएको छ ।

आज भएको खेलहरुमा ए.पि.एफ. की अनिता बस्नेत र त्रिभुवन आर्मि क्लबकी दीपा राई प्लेयर अफ दि म्याच घोषित भएका छन्। यसैसंगै सेमि-फाईनलका खेलहरु आजबाट सकिएका छन् र मिति २०७५ मंसिर १२ गते हुने फाईनल खेल त्रिभुवन आर्मि क्लब र ए.पि.एफ. बीच जङ्गी अड्डास्थित खेल मैदानमा दिउँस १३०० बजे हुने कुरा जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ।