प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

प्रधानसेनापति थापाद्वारा उपरथी गिरीलाई रथीको दर्ज्यानी चिन्ह प्रदान

Hollywood Khabar December 31,2018 Comments

नेपाल सरकार मन्त्रीपरिषद्को २०७५ पौष १३ गतेको निर्णय अनुसार रथी दर्जामा पदोन्नती हुनु भएका उपरथी सरद कुमार गिरीलाई रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।

मिति २०७५ पौष १७ गते जंगी अड्डामा आयोजित एक बिशेष कार्यक्रमका बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ। रथी दर्जामा पदोन्नती हुनुभएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ। उक्त कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको कुरा सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले बिज्ञप्तिमा उल्लेख गरेको छ।