-प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई

प्रदेश नम्बर १ का मुख्यमन्त्री राई विरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा

Hollywood Khabar February 21,2021 Comments

नेपालको संसद बिघटनसँगै सुरु भएको राजनैतिक सरगर्मी प्रदेश भङ्ग, विश्वास र अविश्वासको चक्करममा पुगेको छ। यसै प्रसङ्गमा प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइका विरुद्ध सुरु भएको अविश्वासको प्रस्ताव प्रक्रियामा गएको छ।

प्रदेश सभामा पेश भएको सो प्रस्ताव नेकपाका प्रचण्ड-नेपाल समुहका सांसद इन्द्रबहादुर आङ्बो र लक्ष्मण तिवारीले प्रस्ताव पेश गरेका छन्। तर अविश्वासको प्रस्ताव पेश भएसँगै प्रदेश सभा भने करिब ११ दिनका लागि स्थगित गरिएको छ। पौस ५ को प्रस्ताव तन्काउँदै ल्याएर २ महिना त प्रदेश मुख्यमन्त्री राइले रोक्दै आएका थिए। प्रस्तावका बिषयमा मुख्यमन्त्री राइ र प्रदेश सभाका सभामुख प्रदीप भण्डारीबीच विवाद छ। मुख्यमन्त्री सभा रोक्न खोज्ने र सभामुख नियमित गर्न खोज्ने दोहोरी चलेको हो।