प्रेदेश ३ सरकारले संविधान दिवसमा दीपावली गर्दै तोप पड्काउने 

0
shares

by Soni Sharma | Updated: 18 Sep 2019

107 views
-मुख्यमन्त्री डोरमणि पौडेल

१ असोज, हेटौंडा । प्रदेश ३ सरकारले संविधान दिवसको अवसरमा तीन दिनसम्म कार्यक्रम गर्ने  भएको छ।मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको मूल समारोह समितिले  असोज २ गते नगर सरफाइ, खुला दौड, विचार गोष्ठी कार्यक्रम,३ गते बिगुल बजाउनुका साथै तोप र बन्दुक पड्काएर बढाइँ गर्न जनाएको छ।तेस्तै मठमन्दिर, गुम्बा र चर्चमा शहीदको आत्माको चीर शान्तिका लागि पूजापाठ गरिनेछ ।

विहान ७ बजे सीमा चोकबाट सुरु भएको परेडसहितको र्‍याली मकवानपुर बहुमुखी क्याम्पसको मञ्चमा पुगेर कार्यक्रममा परिणत हुनेछ ।तेसैगरी ४ गते  सार्वजनिक स्थानमा वृक्षारोपण, रक्तदान जस्ता कार्यक्रमहरु राखिएको छ । तीनै दिन सरकारी कार्यालय, उद्योग प्रतिष्ठान, शैक्षिक संस्था, सामाजिक संस्थाहरुमा दीपावली अनिवार्य गरिएको छ भने सर्वसाधारणलाई पनि घरघरमा दीपावली गर्न समितिले आह्वान गरेको छ ।